Day: २०८३ जेष्ठ १५, शुक्रबार २३:४२

हेटौंडा–७ स्थित तासिर अंग्रेजी माविमा कुटपिटपछि विद्यार्थी गम्भीर घाइते

हेटौंडा–७ स्थित तासिर अंग्रेजी माविमा कुटपिटपछि विद्यार्थी गम्भीर घाइते

हेटौंडा,जेठ १५ गते। हेटौंडा उपमहानगरपालिका–७ स्थित तासिर अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक विद्यार्थी शिक्षकको कुटपिटपछि गम्भीर घाइते भएको घटना सार्वजनिक भएको छ। स्थानीयका अनुसार १२ वर्षीय सबिर भुजेल विद्यालयका सामाजिक विषय शिक्षक अच्युत ओझाबाट कुटपिट भएको भनिएको घटनापछि गम्भीर घाइते भएका हुन्। जेठ ७ गते विद्यालयबाट घर फर्किएपछि उनलाई टाउको दुख्ने समस्या देखिएको र अवस्था बिग्रिँदै गएपछि उनी थला परेको बताइएको छ। घटनापछि बालकको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि परिवारले उनलाई उपचारका लागि अस्पताल पुर्‍याएको बुझिएको छ। घटनाबारे विद्यालय प्रशासन तथा सम्बन्धित पक्षबाट आधिकारिक जानकारी आउन बाँकी छ।
Read More
मकवानपुरगढी सडकबीचको ऐतिहासिक चौतारो हटाउन वा सुरक्षित व्यवस्थापन गर्न माग

मकवानपुरगढी सडकबीचको ऐतिहासिक चौतारो हटाउन वा सुरक्षित व्यवस्थापन गर्न माग

मकवानपुरगढी,जेठ १५ गते। इतिहास र सम्पदाको संरक्षण आवश्यक भए पनि मानव जीवनको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने भन्दै मकवानपुरगढी दरबार जाने मुख्य सडकको बीचभागमा रहेको ऐतिहासिक चौतारोको सुरक्षित व्यवस्थापन गर्न आवाज उठ्न थालेको छ। “सेवा, सहयोग र आवाजमा हामी” का अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महत ले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त विषयमा ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायलाई समयमै आवश्यक निर्णय लिन आग्रह गरेका छन्।   उनले आफ्नो स्टाटसमार्फत तत्कालीन साहिसेनामार्फत निर्माण गरिएको उक्त चौतारो कुनै समय यात्रुहरूको विश्राम, संरक्षण तथा सामाजिक भेटघाटको महत्वपूर्ण स्थल रहेको उल्लेख गरेका छन्। ऐतिहासिक दृष्टिले महत्वपूर्ण भए पनि हाल जिर्ण अवस्थामा सडकको बीचभागमा स्तम्भका रूपमा रहेको संरचनाले संरक्षणभन्दा…
Read More
पत्रकारमाथि आक्रमणको घटनाप्रति महासंघको ध्यानाकर्षण, दोषीमाथि कारबाहीको माग

पत्रकारमाथि आक्रमणको घटनाप्रति महासंघको ध्यानाकर्षण, दोषीमाथि कारबाहीको माग

सुर्खेत,जेठ १५ गते। दर्शन खबर डट कमका सम्पादक चिन्तामणि कँडेलमाथि भएको कुटपिट घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले पत्रकारमाथिको आक्रमणलाई स्वतन्त्र पत्रकारिताविरुद्धको निन्दनीय कार्य भएको उल्लेख गर्दै दोषी माथि कानुनी कारबाहीको माग गरेको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अनुसार गत जेठ १२ गते सुर्खेतमा निर्माणाधीन सडक नगरपालिकाको मापदण्ड विपरीत रहेको विषयमा प्रश्न उठाएको भन्दै निर्माण व्यवसायी सुरज थापाले सम्पादक कँडेलमाथि कुटपिट गरेका थिए । उक्त आक्रमणबाट कँडेलको देब्रे कानको जाली फुटेको जनाइएको छ । महासंघले घाइते पत्रकार कँडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पेसागत जिम्मेवारी निर्वाह गर्ने क्रममा पत्रकारमाथि भएको आक्रमण लोकतान्त्रिक…
Read More
हेटौँडामा ‘नवोदय मुन–२०८३’ सुरु, विद्यार्थीलाई नेतृत्व र अन्तर्राष्ट्रिय मुद्दाबारे अभ्यास

हेटौँडामा ‘नवोदय मुन–२०८३’ सुरु, विद्यार्थीलाई नेतृत्व र अन्तर्राष्ट्रिय मुद्दाबारे अभ्यास

हेटौंडा,जेठ १५ गते। हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजना तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा ‘नवोदय मुन–२०८३’ (नमूना संयुक्त राष्ट्रसंघीय महासभा) को पाँचौँ संस्करण शुक्रबारदेखि सुरु भएको छ । तीन दिने कार्यक्रमको उद्घाटन एक समारोहबीच गरिएको हो । नमूना महासभाका महासचिव वृष्टि जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले वर्तमान समय स्टार्टअप र कृत्रिम बुद्धिमत्ता (एआई) को युग भएकाले विद्यार्थीलाई नवप्रवर्तन, नेतृत्व विकास र अन्तर्राष्ट्रिय दृष्टिकोणतर्फ अग्रसर गराउन विद्यालय तथा क्याम्पसबीच सहकार्य आवश्यक रहेको बताएका छन् । उनले केवल परीक्षामा उत्कृष्ट अंक वा ४ जीपीए ल्याउनु मात्र पर्याप्त नहुने उल्लेख…
Read More
हेटौंडामा नेवा फुड फेस्टिबल भव्य उद्घाटन, नेवारी परिकार र संस्कृतिप्रति आकर्षण

हेटौंडामा नेवा फुड फेस्टिबल भव्य उद्घाटन, नेवारी परिकार र संस्कृतिप्रति आकर्षण

हेटौंडा,जेठ १५ गते। हेटौंडा उपमहानगरपालिका वडा नं. २ संगमचोकमा तीन दिने “नेवा फुड फेस्टिबल” भव्य रूपमा सुरु भएको छ। फेस्टिबल जेठ १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ। स्थानीय नेवारी परिकार, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फेस्टिबलमा दर्शक तथा खानाका पारखीहरूको उल्लेखनीय सहभागिता रहेको छ।   फेस्टिबलमा योमरी, चतामरी, बारा, छोइला, सामायबजी लगायतका परम्परागत नेवारी परिकारका स्टलहरू राखिएका छन्। आगन्तुकहरूले विभिन्न नेवारी खानाको स्वाद लिनुका साथै नेवारी संस्कृतिसँग पनि नजिकबाट परिचित हुने अवसर पाएका छन्। कार्यक्रममा नेवारी सांस्कृतिक नृत्य, झाँकी प्रदर्शन तथा स्थानीय कला–संस्कृतिसम्बन्धी विभिन्न प्रस्तुतीहरूले थप आकर्षण थपेका छन्। आयोजकका अनुसार फेस्टिबलले नेवारी संस्कृति…
Read More
गणतन्त्र दिवसमा बागमती प्रदेश र मकवानपुरका पत्रकार सम्मानित, तीन पत्रकारलाई पुरस्कार प्रदान

गणतन्त्र दिवसमा बागमती प्रदेश र मकवानपुरका पत्रकार सम्मानित, तीन पत्रकारलाई पुरस्कार प्रदान

हेटौंडा,जेठ १५ गते। गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रदान गर्ने पत्रकारिता पुरस्कार २०८३ अन्तर्गत मकवानपुरका दुई पत्रकार सम्मानित भएका छन्। खोज पत्रकारिता पुरस्कार २०८३ (रु ५० हजार राशिसहित) बाट पत्रकारद्वय पोष्टराज अधिकारी कुमार सम्मानित भएका छन् भने विकास पत्रकारिता पुरस्कार २०८३ (रु ५० हजार राशिसहित) बाट पत्रकार सुनिता बिष्ट सम्मानित भएकी छन्। यसैगरी, चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाले प्रदान गर्ने चलचित्र पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार सुवास बिडारी सम्मानित भएका छन्। उनलाई आयोजित कार्यक्रममा नगद रु ५ हजारसहित सम्मान गरिएको हो। चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाको आयोजनामा हेटौँडा–२ स्थित पल्पसा प्याराडाइजमा सम्पन्न कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको…
Read More
हेटौँडा–५ मा सार्वजनिक जग्गा अतिक्रमण हटाउन डोजर परिचालन, दर्जनौँ संरचना हटाइए

हेटौँडा–५ मा सार्वजनिक जग्गा अतिक्रमण हटाउन डोजर परिचालन, दर्जनौँ संरचना हटाइए

हेटौंडा,जेठ १५ गते। हेटौँडा उपमहानगरपालिका–५ क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन शुक्रबार उपमहानगरपालिकाले डोजर परिचालन गरेको छ। लामो समयदेखि सूचना जारी गर्दै स्वेच्छाले संरचना हटाउन आग्रह गर्दा पनि अटेर भएपछि नगर प्रशासनले बल प्रयोगसहित हटाउने अभियान अघि बढाएको जनाएको छ। सडक विस्तार, नाला व्यवस्थापन तथा सार्वजनिक प्रयोजनका लागि आवश्यक जमिन खाली गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ। बिहानैदेखि सुरु गरिएको अभियानमा नगर प्रहरी, नेपाल प्रहरी तथा प्राविधिक टोली परिचालन गरिएको थियो। अभियानका क्रममा दर्जनौँ अस्थायी संरचना तथा केही पक्की घरसमेत हटाइएको जनाइएको छ। यता प्रभावित स्थानीयवासीले भने पर्याप्त समय र वैकल्पिक बसोबासको व्यवस्था नगरी एक्कासि…
Read More
फुर्बा दोर्जे लामाद्वारा गणतन्त्र दिवस २०८३ को शुभकामना, शहीदप्रति उच्च सम्मान व्यक्त

फुर्बा दोर्जे लामाद्वारा गणतन्त्र दिवस २०८३ को शुभकामना, शहीदप्रति उच्च सम्मान व्यक्त

हेटौंडा,जेठ १५ गते। हेटौंडा उपमहानगरपालिका–१० का वडाध्यक्ष फुर्बा दोर्जे लामाले गणतन्त्र दिवस २०८३ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण वडावासी, नगरवासी तथा देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका हुन् । उनले नेपाली जनताको लामो संघर्ष, बलिदान र त्यागबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै यस व्यवस्थाले नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय तथा विकासको मार्ग प्रशस्त गरेको बताएका छन् । वडाध्यक्ष लामाले गणतन्त्र दिवसले राष्ट्रिय एकता, आपसी सद्भाव तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई थप मजबुत बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । साथै उनले लोकतन्त्र तथा गणतन्त्र स्थापनाका लागि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.