हेटौंडा पहिलोः अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै परिचयपत्र वितरण

हेटौंडा,असार ३ गते। श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालिका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहिलो उपमहानगरपालिका बनेको छ ।

उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र विभिन्न क्षेत्रमा कार्यरत ६० जना अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै परिचयपत्र वितरण गरेको हो । कार्यक्रममा घरेलु कामदार, कृषि क्षेत्र तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू समावेश रहेका छन् ।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन उपमहानगरपालिकाले प्रतिश्रमिक मासिक १ हजार १४० रुपैयाँ योगदान गर्नेछ भने योगदानकर्ताले मासिक १ हजार ३४० रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कोषमा आबद्ध भएका श्रमिकलाई परिचयपत्र वितरण गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले श्रमिकको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप श्रमिकलाई समेत कार्यक्रममा समेट्दै जाने बताइन् ।

उनले श्रमिकको हकहित र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि उपमहानगरपालिका निरन्तर सक्रिय रहने उल्लेख गरिन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा पहिलोः अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै परिचयपत्र वितरण

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडा पहिलोः अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै परिचयपत्र वितरण

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडा पहिलोः अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै परिचयपत्र वितरण

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडा पहिलोः अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै परिचयपत्र वितरण

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

हेटौंडा पहिलोः अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै परिचयपत्र वितरण

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

हेटौंडा पहिलोः अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै परिचयपत्र वितरण

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.