Day: २०८३ असार ३, बुधबार २२:२१

मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात एकतर्फी अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात एकतर्फी अवरुद्ध

चितवन,असार ३ गते। मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुईन खोला पुल नजिक बुधबार बेलुकी करिब ९ बजे माथिबाट सुख्खा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ। प्रहरीका अनुसार पहिरो झर्ने क्रम अझै जारी रहेकाले उक्त क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। सडकमा खसेको पहिरो हटाउन सम्बन्धित निकायले तत्काल मेशिन परिचालन गरिसकेको जनाएको छ। पहिरोका कारण सवारी साधन आवतजावत प्रभावित बनेको छ भने यात्रुहरूलाई नेपाल प्रहरीको निर्देशन पालना गर्दै सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ। वर्षायामसँगै पहाडी क्षेत्रमा सुख्खा तथा भिजेको पहिरो खस्ने जोखिम बढेकाले यात्रु तथा चालकहरूलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
Read More
हेटौडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, रोजगार र आर्थिक गतिविधि बढ्ने अपेक्षा

हेटौडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, रोजगार र आर्थिक गतिविधि बढ्ने अपेक्षा

हेटौंडा,असार ३ गते। नयाँ सरकार गठन भएसँगै लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र बनाइएको छ। उद्योग पुनः सञ्चालनको प्रक्रिया अगाडि बढेसँगै उद्योग परिसरमा सरसफाइ तथा व्यवस्थापनका कामहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन्। उद्योग पुनः सञ्चालनमा आएपछि स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै देशको आर्थिक गतिविधिमा समेत सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी युवा जनशक्तिले रोजगार प्राप्त गर्ने सम्भावना बढ्ने भन्दै स्थानीयवासी उत्साहित बनेका छन्। हेटौडा उपमहानगरपालिका भित्र रहेको यस उद्योग सञ्चालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वडा तथा आसपासका क्षेत्रका नागरिकले लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ। बन्द अवस्थामा रहेका उद्योगधन्दाको वस्तुस्थिति…
Read More
हेटौंडा पहिलोः अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै परिचयपत्र वितरण

हेटौंडा पहिलोः अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै परिचयपत्र वितरण

हेटौंडा,असार ३ गते। श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालिका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहिलो उपमहानगरपालिका बनेको छ । उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र विभिन्न क्षेत्रमा कार्यरत ६० जना अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै परिचयपत्र वितरण गरेको हो । कार्यक्रममा घरेलु कामदार, कृषि क्षेत्र तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू समावेश रहेका छन् । सामाजिक सुरक्षा कोषमा आबद्ध हुन उपमहानगरपालिकाले प्रतिश्रमिक मासिक १ हजार १४० रुपैयाँ योगदान गर्नेछ भने योगदानकर्ताले मासिक १ हजार ३४० रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । कोषमा आबद्ध भएका श्रमिकलाई परिचयपत्र वितरण गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले श्रमिकको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.