नेपालको भविष्यबारे राष्ट्रिय बहस हुँदै : युवा नेता, अर्थविद् र प्रविधिविज्ञ एकै मञ्चमा

काठमाडौं, असार ४ गते । नेपालको राजनीतिक भविष्य, आर्थिक विकास, प्रविधिको प्रभाव र सुशासनका विषयमा व्यापक बहस गर्न विभिन्न राजनीतिक दलका युवा नेता, नीति निर्माता, अर्थविद्, प्रविधिविज्ञ तथा जेनजी पुस्ताका अगुवाहरू शुक्रबार काठमाडौंमा एकै मञ्चमा भेला हुने भएका छन्।

नेपाल फ्युचर फोरम द्वारा आयोजित ‘नेपाल फ्युचर फोरम २०२६’ सम्मेलन भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लब को द ब्लु प्याभिलियनमा शुक्रबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। सम्मेलनको संयोजन युवा नेता अब्दुस मियाले गर्नेछन्।

सम्मेलनको उद्घाटनपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डा. प्रकाश श्रेष्ठले “नेपालको आर्थिक सम्भावना : सन् २०३५ सम्मको समृद्धिको दृष्टिकोण” विषयमा प्रमुख मन्तव्य दिने कार्यक्रम रहेको छ। उनले लगानी, व्यापार, जलविद्युत्, उद्यमशीलता तथा नवप्रवर्तनमार्फत नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे धारणा प्रस्तुत गर्नेछन्।

सम्मेलनको अर्को महत्वपूर्ण सत्र “प्रविधि, कृत्रिम बुद्धिमत्ता र नेपालको डिजिटल भविष्य” रहनेछ। उक्त सत्रमा कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र तथा आधुनिक प्रविधिले नेपालमा सिर्जना गर्न सक्ने अवसर र चुनौतीबारे विज्ञहरूबीच छलफल हुने बताइएको छ।

त्यसैगरी, दिउँसो आयोजना हुने “लोकतन्त्र, सुशासन र राजनीतिको भविष्य” विषयक उच्चस्तरीय संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी का युवा सांसदहरूको सहभागिता रहनेछ। सहभागीहरूले लोकतान्त्रिक अभ्यास, सुशासन, राजनीतिक सुधार र युवा पुस्ताको भूमिकाबारे आफ्ना धारणा राख्नेछन्।

सम्मेलनको विशेष आकर्षणका रूपमा रहेको ‘फ्युचर टक्स’ कार्यक्रममा विभिन्न क्षेत्रका जेनजी तथा युवा अगुवाहरूले राष्ट्र निर्माण, नवप्रवर्तन, पत्रकारिता, विपद् व्यवस्थापन, संवैधानिक सुधार, वातावरणीय चुनौती तथा नयाँ पुस्ताको राजनीतिक सोचबारे प्रस्तुति दिनेछन्।

यसअन्तर्गत रवि किरण हमाल ले “पोस्ट जेनजी राजनीति : व्यवधानबाट राष्ट्र निर्माणतर्फ” विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। अन्य युवा वक्ताहरूले पनि नेपालको दीर्घकालीन भविष्य निर्माणमा युवा पुस्ताको सम्भावना र भूमिकाबारे विचार राख्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार सम्मेलनको मुख्य उद्देश्य विभिन्न विचार, अनुभव र दृष्टिकोणलाई एउटै मञ्चमा ल्याएर नेपालको दीर्घकालीन भविष्यबारे सार्थक राष्ट्रिय संवादको वातावरण निर्माण गर्नु हो। सम्मेलनलाई आर्थिक, राजनीतिक, प्राविधिक तथा सामाजिक रूपान्तरणका लागि आवश्यक दीर्घकालीन सोच र सहकार्य प्रवर्द्धन गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेपालको भविष्यबारे राष्ट्रिय बहस हुँदै : युवा नेता, अर्थविद् र प्रविधिविज्ञ एकै मञ्चमा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

नेपालको भविष्यबारे राष्ट्रिय बहस हुँदै : युवा नेता, अर्थविद् र प्रविधिविज्ञ एकै मञ्चमा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

नेपालको भविष्यबारे राष्ट्रिय बहस हुँदै : युवा नेता, अर्थविद् र प्रविधिविज्ञ एकै मञ्चमा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

नेपालको भविष्यबारे राष्ट्रिय बहस हुँदै : युवा नेता, अर्थविद् र प्रविधिविज्ञ एकै मञ्चमा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

नेपालको भविष्यबारे राष्ट्रिय बहस हुँदै : युवा नेता, अर्थविद् र प्रविधिविज्ञ एकै मञ्चमा

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

नेपालको भविष्यबारे राष्ट्रिय बहस हुँदै : युवा नेता, अर्थविद् र प्रविधिविज्ञ एकै मञ्चमा

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.