Day: २०८३ असार ४, बिहीबार २२:५८

नेपालको भविष्यबारे राष्ट्रिय बहस हुँदै : युवा नेता, अर्थविद् र प्रविधिविज्ञ एकै मञ्चमा

नेपालको भविष्यबारे राष्ट्रिय बहस हुँदै : युवा नेता, अर्थविद् र प्रविधिविज्ञ एकै मञ्चमा

काठमाडौं, असार ४ गते । नेपालको राजनीतिक भविष्य, आर्थिक विकास, प्रविधिको प्रभाव र सुशासनका विषयमा व्यापक बहस गर्न विभिन्न राजनीतिक दलका युवा नेता, नीति निर्माता, अर्थविद्, प्रविधिविज्ञ तथा जेनजी पुस्ताका अगुवाहरू शुक्रबार काठमाडौंमा एकै मञ्चमा भेला हुने भएका छन्। नेपाल फ्युचर फोरम द्वारा आयोजित ‘नेपाल फ्युचर फोरम २०२६’ सम्मेलन भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लब को द ब्लु प्याभिलियनमा शुक्रबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। सम्मेलनको संयोजन युवा नेता अब्दुस मियाले गर्नेछन्। सम्मेलनको उद्घाटनपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डा. प्रकाश श्रेष्ठले “नेपालको आर्थिक सम्भावना : सन् २०३५ सम्मको समृद्धिको दृष्टिकोण” विषयमा प्रमुख मन्तव्य दिने…
Read More
“समानता होइन, समताको अवधारणाबाट मात्रै महिला मैत्री शहर सम्भव हुन्छ : मेयर मीना कुमारी लामा”

“समानता होइन, समताको अवधारणाबाट मात्रै महिला मैत्री शहर सम्भव हुन्छ : मेयर मीना कुमारी लामा”

हेटौंडा, असार ४ गते । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले महिला सशक्तीकरण र महिला मैत्री शहर निर्माणका लागि “समानता” भन्दा “समता” को अवधारणालाई व्यवहारमा लागू गर्न आवश्यक रहेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर लामाले समानताले सबैलाई एउटै व्यवहार गर्ने सिद्धान्त अघि सार्ने भए पनि समताले आवश्यकता, अवस्था र पूर्णताको आधारमा न्याय सुनिश्चित गर्ने उल्लेख गरेकी छन् । उनका अनुसार महिलाको वास्तविक सशक्तीकरणका लागि समताको अभ्यास अपरिहार्य छ । उनले महिला र पुरुष दुवै मानव भए पनि शारीरिक बनावट तथा सामाजिक अवस्थाका कारण आवश्यकतामा फरक हुने बताउँदै एउटै मापदण्डले न्याय नदिने स्पष्ट पारेकी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.