जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा भैंसेमा लागू औषधसहित स्कुटर चालक पक्राउ

हेटौंडा, असार ५ गते। जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागू औषधसहित एक जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार हिजो अपरान्न करिब ६ बजे प्रहरी चौकी भैंसेबाट खटिएको चेकिङ टोलीले भीमफेदी गाउँपालिका–२ भैंसेस्थित सडक खण्डमा सवारी साधन जाँच गर्ने क्रममा हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको बा.प.०२–०६०प ४२२२ नम्बरको स्कुटर रोकेको थियो।

चेकजाँचका क्रममा स्कुटर चालक कालिकाटार बस्ने सुजल थापामाथि शङ्का लागेपछि प्रहरीले खानतलासी गर्दा उनले लुकाईछिपाई ल्याएको अवस्थामा दुई ग्राम ६२० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ तथा लागू औषध नाइट्राजेपाम (NITRAZEPAM) आठ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागू औषधसहित थापालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट लागू औषध कसुर मुद्दामा म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा भैंसेमा लागू औषधसहित स्कुटर चालक पक्राउ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा भैंसेमा लागू औषधसहित स्कुटर चालक पक्राउ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा भैंसेमा लागू औषधसहित स्कुटर चालक पक्राउ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा भैंसेमा लागू औषधसहित स्कुटर चालक पक्राउ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा भैंसेमा लागू औषधसहित स्कुटर चालक पक्राउ

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा भैंसेमा लागू औषधसहित स्कुटर चालक पक्राउ

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.