Day: २०८३ असार ५, शुक्रबार २३:३४

अभिभावकको श्रमदान र सहयोगमा कोथलिटार विद्यालयमा दुई कोठे ट्रस भवन निर्माण, दाताहरू सम्मानित

अभिभावकको श्रमदान र सहयोगमा कोथलिटार विद्यालयमा दुई कोठे ट्रस भवन निर्माण, दाताहरू सम्मानित

कैलाश गाउँपालिका, असार ५ गते। कक्षा कोठाको अभाव भएपछि स्थानीय अभिभावकहरूको श्रमदान तथा आर्थिक सहयोगमा निर्माण गरिएको दुई कोठे ट्रस भवनको उद्घाटन गरिएको छ। साथै भवन निर्माणमा सहयोग पुर्‍याउने दाता तथा सहयोगीहरूलाई सम्मानसमेत गरिएको छ। कैलाश गाउँपालिका–७ कोथलिटारस्थित कोथलिटार आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर नेगीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भवन उद्घाटन गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको क्षेत्रमा विद्यालयले प्राथमिक तहबाट आधारभूत तहसम्मको यात्रा तय गरिसकेको उल्लेख गर्दै आगामी दिनमा माध्यमिक तहसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालयको भौतिक तथा शैक्षिक विकासका…
Read More
जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा भैंसेमा लागू औषधसहित स्कुटर चालक पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा भैंसेमा लागू औषधसहित स्कुटर चालक पक्राउ

हेटौंडा, असार ५ गते। जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागू औषधसहित एक जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार हिजो अपरान्न करिब ६ बजे प्रहरी चौकी भैंसेबाट खटिएको चेकिङ टोलीले भीमफेदी गाउँपालिका–२ भैंसेस्थित सडक खण्डमा सवारी साधन जाँच गर्ने क्रममा हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको बा.प.०२–०६०प ४२२२ नम्बरको स्कुटर रोकेको थियो। चेकजाँचका क्रममा स्कुटर चालक कालिकाटार बस्ने सुजल थापामाथि शङ्का लागेपछि प्रहरीले खानतलासी गर्दा उनले लुकाईछिपाई ल्याएको अवस्थामा दुई ग्राम ६२० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ तथा लागू औषध नाइट्राजेपाम (NITRAZEPAM) आठ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको लागू औषधसहित थापालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट लागू औषध कसुर…
Read More
टाइब्रेकरमा भक्तपुर पराजित गर्दै मकवानपुर सेमीफाइनलमा प्रवेश

टाइब्रेकरमा भक्तपुर पराजित गर्दै मकवानपुर सेमीफाइनलमा प्रवेश

हेटौंडा, असार ५ गते । तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलतर्फ मकवानपुर सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सम्पन्न लिग चरणको दोस्रो खेलमा भक्तपुरलाई टाइब्रेकरमा ३–० गोलअन्तरले पराजित गर्दै मकवानपुर अन्तिम चारमा पुगेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । टाइब्रेकरमा मकवानपुरकी गोलरक्षक नायिका बनिन् । भक्तपुरका तीनै खेलाडीले प्रहार गरेका बल उनले उत्कृष्ट रूपमा बचाउ गर्दै टोलीलाई जित दिलाइन् । मकवानपुरका लागि सजिना स्याङ्तानले पहिलो हाफको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर भक्तपुरकी जर्सी नम्बर ९ की खेलाडीले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.