अभिभावकको श्रमदान र सहयोगमा कोथलिटार विद्यालयमा दुई कोठे ट्रस भवन निर्माण, दाताहरू सम्मानित

कैलाश गाउँपालिका, असार ५ गते। कक्षा कोठाको अभाव भएपछि स्थानीय अभिभावकहरूको श्रमदान तथा आर्थिक सहयोगमा निर्माण गरिएको दुई कोठे ट्रस भवनको उद्घाटन गरिएको छ। साथै भवन निर्माणमा सहयोग पुर्‍याउने दाता तथा सहयोगीहरूलाई सम्मानसमेत गरिएको छ।

कैलाश गाउँपालिका–७ कोथलिटारस्थित कोथलिटार आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर नेगीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भवन उद्घाटन गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको क्षेत्रमा विद्यालयले प्राथमिक तहबाट आधारभूत तहसम्मको यात्रा तय गरिसकेको उल्लेख गर्दै आगामी दिनमा माध्यमिक तहसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताउँदै अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन आग्रह गरे।

उनले विद्यालयको गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरू जिम्मेवार, अनुशासित र लगनशील हुनुपर्नेमा जोड दिँदै सामुदायिक एकता, अभिभावकको सक्रियता तथा स्थानीय तहको सहकार्यबाट विद्यालयको थप विकास सम्भव हुने बताए।

कार्यक्रममा विद्यालयका लागि जग्गा दान गर्ने मान बहादुर नेगीलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो। त्यसैगरी ट्रस भवन निर्माणमा आर्थिक तथा अन्य सहयोग पुर्‍याउने विभिन्न दाता तथा सहयोगीहरूलाई प्रमाण-पत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक सीताराम श्रेष्ठका अनुसार भवन निर्माणका लागि अभिभावकहरूबाट १ लाख ९९ हजार ७०७ रुपैयाँ संकलन गरिएको थियो भने विद्यालयको आन्तरिक स्रोतबाट ६१ हजार ३०० रुपैयाँ व्यवस्थापन गरिएको थियो। स्थानीय अभिभावकहरूको श्रमदानबाट निर्माण सम्पन्न भएको उक्त भवनमा हाल कक्षा ५ र ६ को पठनपाठन सञ्चालन भइरहेको छ।

प्रधानाध्यापक श्रेष्ठका अनुसार विद्यालय स्थापना भएको प्रारम्भिक चरणमा भवन अभावका कारण खरको छानो भएको सामान्य घरमा पठनपाठन सञ्चालन गर्नुपरेको थियो। हाल शैक्षिक सत्र २०८३ देखि कक्षा ६ सञ्चालनमा ल्याइएको विद्यालयमा ईसीडीदेखि कक्षा ६ सम्म गरी १७० जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ईसीडीमा ३७ जना र कक्षा ६ मा २१ जना विद्यार्थी रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अभिभावकको श्रमदान र सहयोगमा कोथलिटार विद्यालयमा दुई कोठे ट्रस भवन निर्माण, दाताहरू सम्मानित

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

अभिभावकको श्रमदान र सहयोगमा कोथलिटार विद्यालयमा दुई कोठे ट्रस भवन निर्माण, दाताहरू सम्मानित

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

अभिभावकको श्रमदान र सहयोगमा कोथलिटार विद्यालयमा दुई कोठे ट्रस भवन निर्माण, दाताहरू सम्मानित

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

अभिभावकको श्रमदान र सहयोगमा कोथलिटार विद्यालयमा दुई कोठे ट्रस भवन निर्माण, दाताहरू सम्मानित

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

अभिभावकको श्रमदान र सहयोगमा कोथलिटार विद्यालयमा दुई कोठे ट्रस भवन निर्माण, दाताहरू सम्मानित

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

अभिभावकको श्रमदान र सहयोगमा कोथलिटार विद्यालयमा दुई कोठे ट्रस भवन निर्माण, दाताहरू सम्मानित

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.