टाइब्रेकरमा भक्तपुर पराजित गर्दै मकवानपुर सेमीफाइनलमा प्रवेश

हेटौंडा, असार ५ गते । तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलतर्फ मकवानपुर सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सम्पन्न लिग चरणको दोस्रो खेलमा भक्तपुरलाई टाइब्रेकरमा ३–० गोलअन्तरले पराजित गर्दै मकवानपुर अन्तिम चारमा पुगेको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । टाइब्रेकरमा मकवानपुरकी गोलरक्षक नायिका बनिन् । भक्तपुरका तीनै खेलाडीले प्रहार गरेका बल उनले उत्कृष्ट रूपमा बचाउ गर्दै टोलीलाई जित दिलाइन् ।

मकवानपुरका लागि सजिना स्याङ्तानले पहिलो हाफको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर भक्तपुरकी जर्सी नम्बर ९ की खेलाडीले २५औँ मिनेटमै गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएकी थिइन् ।

यसअघि पनि मकवानपुर र भक्तपुरबीच भएको प्रतिस्पर्धा १–१ गोलको बराबरीमा सकिएको थियो । अब मकवानपुरले फाइनल प्रवेशका लागि धादिङ र चितवनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने टोलीले ट्रफीसहित नगद पुरस्कार, स्वर्ण, रजत तथा कांस्य पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

टाइब्रेकरमा भक्तपुर पराजित गर्दै मकवानपुर सेमीफाइनलमा प्रवेश

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

टाइब्रेकरमा भक्तपुर पराजित गर्दै मकवानपुर सेमीफाइनलमा प्रवेश

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

टाइब्रेकरमा भक्तपुर पराजित गर्दै मकवानपुर सेमीफाइनलमा प्रवेश

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

टाइब्रेकरमा भक्तपुर पराजित गर्दै मकवानपुर सेमीफाइनलमा प्रवेश

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

टाइब्रेकरमा भक्तपुर पराजित गर्दै मकवानपुर सेमीफाइनलमा प्रवेश

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

टाइब्रेकरमा भक्तपुर पराजित गर्दै मकवानपुर सेमीफाइनलमा प्रवेश

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.