असार १५ मा मेयर लामाको आह्वान : “कृषिप्रति गर्व गर्ने वातावरण बनाऔं, कृषकको सम्मान गरौं”

हेटौडा, असार १५ गते। हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामाले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा कृषिप्रति सम्मान र कृषि आत्मनिर्भरताको आवश्यकता औंल्याएकी छन्।

मेयर लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै नेपालमा धानको बिउ आयात बढ्दो क्रममा रहेको विषयप्रति चिन्ता व्यक्त गरेकी हुन्।

उनले चालु आर्थिक वर्षको ११ महिनामा १ अर्ब २९ करोड ९४ लाख रुपैयाँ बराबरको २ हजार ९ सय ९३ टन धानको बिउ आयात भएको उल्लेख गर्दै स्वदेशी हाइब्रिड जातको धानको पर्याप्त विकास र उत्पादन नहुँदा किसान विदेशी बिउमा निर्भर हुनुपरेको बताएकी छन्।

सरकारले धानको बिउमा आत्मनिर्भरताको नारा अघि सारे पनि हाइब्रिड बिउको अभाव र कमजोर औपचारिक बिउ उत्पादन प्रणालीका कारण आयात बढिरहेको उनको भनाइ छ।

नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषिप्रति गर्व गर्ने वातावरण निर्माण गर्न अझै आवश्यक रहेको उल्लेख गर्दै उनले सरकार र आमजनता मिलेर कृषकलाई सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताएकी छन्।

“कृषकको पसिनाको भरमा हाम्रो जीवन चलेको छ। त्यसैले कृषकको सम्मान र कृषि क्षेत्रको प्रवर्द्धन आजको आवश्यकता हो,” उनले फेसबुक सन्देशमा उल्लेख गरेकी छन्।

राष्ट्रिय धान दिवसका अवसरमा उनले स्वदेशी उत्पादनको संरक्षण, कृषि आधुनिकीकरण र किसानमैत्री नीतिमा जोड दिनुपर्ने आवश्यकता औंल्याएकी छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

असार १५ मा मेयर लामाको आह्वान : “कृषिप्रति गर्व गर्ने वातावरण बनाऔं, कृषकको सम्मान गरौं”

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

असार १५ मा मेयर लामाको आह्वान : “कृषिप्रति गर्व गर्ने वातावरण बनाऔं, कृषकको सम्मान गरौं”

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

असार १५ मा मेयर लामाको आह्वान : “कृषिप्रति गर्व गर्ने वातावरण बनाऔं, कृषकको सम्मान गरौं”

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

असार १५ मा मेयर लामाको आह्वान : “कृषिप्रति गर्व गर्ने वातावरण बनाऔं, कृषकको सम्मान गरौं”

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

असार १५ मा मेयर लामाको आह्वान : “कृषिप्रति गर्व गर्ने वातावरण बनाऔं, कृषकको सम्मान गरौं”

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

असार १५ मा मेयर लामाको आह्वान : “कृषिप्रति गर्व गर्ने वातावरण बनाऔं, कृषकको सम्मान गरौं”

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.