हेटौँडाको शहिद स्मारकस्थित जनजाति संग्रहालयमा मगर समुदायको सांस्कृतिक प्रतिरुप हस्तान्तरण

हेटौँडा, असार १९ गते । नेपालको गौरव तथा हेटौँडाको पहिचानका रूपमा स्थापित हेटौँडा–११ स्थित शहिद स्मारकभित्र नवनिर्मित जनजाति संग्रहालयमा मगर समुदायको सांस्कृतिक पहिचान झल्किने प्रतिरुप (डम्मी) हस्तान्तरण गरिएको छ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुर र नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति मकवानपुरको संयुक्त पहलमा आयोजित विशेष कार्यक्रममा “मगर समुदायको गौरव र पहिचानको प्रतिरुप” लाई पूर्ण पारम्परिक पोशाकसहित सजाएर संग्रहालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रमको उद्घाटन बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा शहिद स्मारकका संस्थापक अध्यक्ष डोरमणि पौडेलले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको बहुजातीय, बहुसांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्न संग्रहालयको महत्वपूर्ण भूमिका रहने बताए। उनले जनजातीय संस्कृति, भाषा, भेषभूषा र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा मगर समुदायका अगुवा, सांस्कृतिककर्मी, सामाजिक व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मगर समुदायको मौलिक कला, संस्कृति र परम्परालाई संग्रहालयमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

जनजाति संग्रहालयमा विभिन्न जातजातिको मौलिक पहिचान समेट्ने उद्देश्यअनुसार मगर समुदायको प्रतिरुप स्थापना गरिएको आयोजकले जनाएको छ। यसले संग्रहालयलाई थप आकर्षक बनाउनुका साथै सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडाको शहिद स्मारकस्थित जनजाति संग्रहालयमा मगर समुदायको सांस्कृतिक प्रतिरुप हस्तान्तरण

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौँडाको शहिद स्मारकस्थित जनजाति संग्रहालयमा मगर समुदायको सांस्कृतिक प्रतिरुप हस्तान्तरण

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

हेटौँडाको शहिद स्मारकस्थित जनजाति संग्रहालयमा मगर समुदायको सांस्कृतिक प्रतिरुप हस्तान्तरण

६ घण्टामा लमजुङमा सर्वाधिक वर्षा, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा जारी

हेटौँडाको शहिद स्मारकस्थित जनजाति संग्रहालयमा मगर समुदायको सांस्कृतिक प्रतिरुप हस्तान्तरण

हेटौंडा–४ मा मधुमेह रोगीका लागि निःशुल्क आँखा शिविर, ४३ जनाको आँखा परीक्षण

हेटौँडाको शहिद स्मारकस्थित जनजाति संग्रहालयमा मगर समुदायको सांस्कृतिक प्रतिरुप हस्तान्तरण

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

हेटौँडाको शहिद स्मारकस्थित जनजाति संग्रहालयमा मगर समुदायको सांस्कृतिक प्रतिरुप हस्तान्तरण

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.