७० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण : किसानलाई सम्मान गर्दै कृषि उत्पादन बढाउने अभियानमा हेटौंडा उपमहानगर

हेटौँडा, असार १९ गते । कृषि प्रधान देश नेपालमा कृषिलाई मुख्य व्यवसायका रूपमा स्थापित गर्दै किसानलाई सम्मान गर्न सके देश विकासमा ठूलो टेवा पुग्ने हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बताएकी छन्।

मेयर लामाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वजहरूले नेपाललाई कृषि प्रधान देश भन्नुको मुख्य कारण यहाँको माटोको अद्भुत उर्वर शक्ति रहेको उल्लेख गर्दै त्यसको सही उपयोग हुन नसक्दा आज देशले खर्बौं रुपैयाँ बराबरको खाद्यान्न आयात गर्नुपरेको बताएकी हुन्।

उनले पछिल्ला केही वर्षदेखि संघीय सरकार तथा स्थानीय सरकारले कृषिकर्मलाई विशेष प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै हेटौंडा उपमहानगरपालिकाले रोजगार, स्वरोजगार र कृषिलाई जोड दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्।

यसै क्रममा उपकरण अभाव झेलिरहेका किसानहरूलाई बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको ७० प्रतिशत तथा नौलो बिहानी कृषि सहकारी संस्थाको ३० प्रतिशत आर्थिक साझेदारीमा खरिद गरिएका विभिन्न कृषि यान्त्रिक उपकरण वितरण गरिएको छ।

मेयर लामाले कृषि उत्पादन वृद्धि, आधुनिक खेती प्रणालीको विकास तथा किसानको श्रमलाई सहज बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।

उनले उपकरण वितरणमा सहकार्य गरेको नौलो बिहानी कृषि सहकारी संस्था लाई हार्दिक धन्यवाद दिँदै उपकरण प्राप्त गर्ने कृषकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिन्।

स्थानीय तह, सहकारी संस्था र किसानबीचको सहकार्यले कृषि क्षेत्रको आधुनिकीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

७० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण : किसानलाई सम्मान गर्दै कृषि उत्पादन बढाउने अभियानमा हेटौंडा उपमहानगर

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

७० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण : किसानलाई सम्मान गर्दै कृषि उत्पादन बढाउने अभियानमा हेटौंडा उपमहानगर

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

७० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण : किसानलाई सम्मान गर्दै कृषि उत्पादन बढाउने अभियानमा हेटौंडा उपमहानगर

६ घण्टामा लमजुङमा सर्वाधिक वर्षा, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा जारी

७० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण : किसानलाई सम्मान गर्दै कृषि उत्पादन बढाउने अभियानमा हेटौंडा उपमहानगर

हेटौंडा–४ मा मधुमेह रोगीका लागि निःशुल्क आँखा शिविर, ४३ जनाको आँखा परीक्षण

७० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण : किसानलाई सम्मान गर्दै कृषि उत्पादन बढाउने अभियानमा हेटौंडा उपमहानगर

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

७० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण : किसानलाई सम्मान गर्दै कृषि उत्पादन बढाउने अभियानमा हेटौंडा उपमहानगर

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.