भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

हेटौंडा, साउन ८ गते । हेटौंडा उपमहानगरपालिका–४ अन्तर्गत पर्ने सूर्यचोकदेखि कर्रा चोकसम्मको सडक स्तरीकरण कार्य २०८३ साल भदौ महिनाको पहिलो सातादेखि सुरु हुने भएको छ।

हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिक्देलले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको सूचनामा उक्त सडक खण्डमा निर्माण कार्य अघि बढाइने जानकारी दिँदै स्थानीय घरधनी, व्यवसायी तथा सरोकारवालालाई मापदण्डअनुसार सडक किनार (साइड) खाली गर्न अनुरोध गरेका छन्।

वडा अध्यक्ष सिग्देलका अनुसार सडक स्तरीकरण कार्यलाई सहज, व्यवस्थित र समयमै सम्पन्न गर्न सडक मापदण्डभित्र रहेका संरचना, सामग्री तथा अन्य अवरोधहरू निर्माण कार्य सुरु हुनुअघि नै हटाउन आवश्यक रहेको छ। यसका लागि सम्बन्धित सबै पक्षको सहयोग अपरिहार्य रहने उनले उल्लेख गरेका छन्।

वडा कार्यालयले सडक स्तरीकरणपछि आवागमन थप सुरक्षित, सहज तथा व्यवस्थित हुने विश्वास व्यक्त गर्दै निर्माण कार्यमा सहयोग गर्न सम्पूर्ण स्थानीयवासीसँग आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.