बागमती नदी तर्ने क्रममा मकवानपुरमा एक पुरुष बेपत्ता, केही घण्टापछि शव फेला

हेटौँडा, असोज २० गते । मकवानपुरको बागमती गाउँपालिका–१ माझगाउँस्थित बागमती नदी तर्ने क्रममा एक पुरुषलाई नदीले बगाएको छ। नदीले बगाएका उनको केही घण्टापछि शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार (२०८३ असोज २० गते) दिउँसो करिब १२ः४५ बजे बागमती गाउँपालिका–१ माझगाउँ निवासी मानबहादुर भोलनका करिब ३५–४० वर्षीय छोरा इन्द्रबहादुर भोलन सिन्धुलीमा आफन्तको मृत्यु भएको स्थानमा जाने क्रममा बागमती नदी तर्दै गर्दा नदीले बगाएको सूचना प्राप्त भएको थियो।

सूचना प्राप्त भएपछि प्रहरी चौकी शिवराईगाउँ, मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। स्थानीय आफन्त तथा छिमेकीको सहयोगमा नदीमा खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो।

खोजीका क्रममा दिउँसो करिब ३ः०५ बजे बागमती गाउँपालिका–१ हात्तीढुङ्गास्थित बागमती खोलाको बीचमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा भोलनको शव फेला परेको प्रहरीले जनाएको छ। शव बगाएको स्थानबाट करिब ३–४ किलोमिटर तल फेला परेको हो।

घटनापछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय फापरबारी, मकवानपुरबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको कमाण्डमा SOCO सहितको प्रहरी टोली घटनास्थलमा खटिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.