२०८३ आश्विन २०, मंगलवार २२:१७
२०८३ आश्विन २०, मंगलवार २२:१७
हेटौँडा असोज २० गते । सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले दसैँ–तिहार नजिकिँदै गर्दा हेटौँडा बजारमा दर्ताबिनाका फुटपाथ पसल, ‘सेल–सेल’ भन्दै हुने माइकिङ तथा भत्केका र जोखिमयुक्त घरबाट भइरहेको व्यापारप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। महतले सामाजिक सञ्जाल फेसबुक मार्फत हेटौँडा उपमहानगरपालिका र उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराउँदै बजार क्षेत्रमा व्यवसाय सञ्चालनका क्रममा समान नियमको कार्यान्वयन र सुरक्षा व्यवस्थामा ध्यान दिन आग्रह गरेका हुन्। उनले स्थानीय व्यापारीले व्यवसाय दर्ता गर्ने, नियमित कर तिर्ने र पसलका लागि भाडा बुझाउने गरेको उल्लेख गर्दै दर्ता तथा कर तिर्ने व्यवसायीको व्यवसाय सुरक्षित राख्ने जिम्मेवारीसमेत सम्बन्धित निकायको भएको बताएका छन्। त्यस्तै,…