Day: २०८२ असार १५, आईतवार २२:३३

संघीय लोकतान्त्रिक मोर्चाले ६ प्रदेशमा सभा गर्ने

संघीय लोकतान्त्रिक मोर्चाले ६ प्रदेशमा सभा गर्ने

काठमाडौँ। संघीय लोकतान्त्रिक मोर्चाले ६ प्रदेशमा सभा गर्ने भएको छ। आइतबार लाजिम्पाटस्थित बाबा होटलमा बसेको मोर्चाको बैठकले मोर्चाको उद्देश्य, औचित्य र आवश्यकताबारे प्रकाश पार्न काठमाडौं, भैरहवा, कैलाली, विराटनगर, जनकपुर र वीरगञ्जमा सभा आयोजना गर्ने निर्णय गरेको हो। जसअनुसार काठमाडौंमा साउन १७ गते सभा आयोजना गर्ने मोर्चाले बताएको छ। भैरहवामा आगामी साउन २१ गते, कैलालीमा साउन २३ गते, वीराटनगरमा भदौ १६ गते, जनकपुरमा भदौ १८ गते र वीरगञ्जमा भदौ २० गते सभा आयोजना गर्ने मोर्चाको तयारी छ। आजको बैठकले संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि २०८२ पारित गरेको र आजकै मितिबाट लागू गर्ने निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.