Day: २०८२ मंसिर १९, शुक्रबार २१:०२

हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण

हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण

हेटौँडा, मंसिर १९ गते । सडक डिभिजन कार्यालय हेटौडाले जारी गरेको १५ दिने सूचना आज रातिदेखि सकिँदै जाँदा भोलिदेखि हेटौँडामा डोजर चल्ने–नचल्ने भन्ने बुझाइलाई स्पष्ट गर्दै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) मोहनराज जोशीले आवश्यक तयारी पूरा भइसकेको बताएका छन्। मंसिर ५ गते सडक विस्तारका लागि बजार क्षेत्र खाली गराउन घरधनी तथा व्यवसायीलाई १५ दिने सूचना जारी गरिएको थियो। उक्त समयसीमा आज सकिँदैछ। सूचनाअनुसार तोकिएको क्षेत्रभित्र रहेका संरचनाहरू स्वतः नहटेमा भोलिदेखि सडक डिभिजनले नै हटाउने प्रक्रियामा अघि बढ्ने बताइएको छ। सहायक सीडीओ जोशीका अनुसार हटाउने क्रममा सम्भावित अवरोध र प्रतिरोधलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्दै आवश्यक सुरक्षा…
Read More
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत

हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत

हेटौंडा, मंसिर १९ गते । हेटौंडा सडक विस्तारसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुनः चासोको केन्द्रबिन्दु बनेको छ। मिति २०८२ मंसिर १६ मा दर्ता भएको रिट आज सर्वोच्च अदालतको इजलास नं. ४ (न्यायाधीश मेघराज पोखरेल) मा पेसी सूचीमा परेको हो। उक्त रिटमा निवेदनकर्तामध्ये निवर्तमान सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ बिन्दवासिनी कंसाकारसहितका व्यक्तिहरू रहेका छन्। उनीहरूले सडक विस्तार प्रक्रियामा देखिएका अनियमितता तथा प्रभावित क्षेत्रका नागरिकका सरोकारबारे न्यायिक हस्तक्षेप माग गर्दै रिट दायर गरेका थिए। विपक्षीका रूपमा सडक डिभिजन कार्यालय हेटौंडा उल्लेख गरिएको यस मुद्दामा ‘सुनुवाइ भइसकेको’ पनि दर्ता विवरणमा उल्लेख छ, जसले यो विषय अब अदालतको निर्णय–प्रक्रियामा महत्वपूर्ण चरणमा प्रवेश गरेको…
Read More
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन

हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन

हेटौंडा, मंसिर १९ गते । सडक डिभिजन हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा खाली गराउने तयारी अघि बढाएसँगै होटल व्यवसायीहरूलाई आजदेखि अतिथि नराख्न औपचारिक अनुरोध गरेको छ। गोरखापत्र राष्ट्रिय दैनिकमा मंसिर ५ गते प्रकाशित सूचनामा हेटौंडा–१५ रातो माटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको महेन्द्र राजमार्ग र बुद्धचोकदेखि सामरी पुलसम्मको त्रिभुवन राजपथमा पर्ने सडक सीमाभित्रका संरचना, व्यापारिक क्रियाकलाप तथा अतिक्रमण हटाइने उल्लेख गरिएको थियो। उक्त सार्वजनिक सूचनाको निरन्तरतामा सडक डिभिजन हेटौंडाले मंसिर २० गतेदेखि सडक संरक्षण कार्य सुरु हुने जनाएको छ। यस क्रममा निर्दिष्ट क्षेत्रभित्र रहेका होटल तथा आवास गृहहरूले सडक संरक्षण कार्यमा सहयोग पुर्‍याउन आजको मितिदेखि अतिथि राख्न नपाउने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.