Day: २०८२ माघ २५, आईतवार २३:४५

मनहरी–६ मा माघ २७ गते एचपिभी खोप अभियान सञ्चालन हुने

मनहरी–६ मा माघ २७ गते एचपिभी खोप अभियान सञ्चालन हुने

मनहरी गाउँपालिका, माघ २५ गते । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ मा एचपिभी (HPV) खोप अभियान सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। पुष्पलाल आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा सम्पन्न छलफल कार्यक्रमपछि माघ २७ गतेबाट खोप अभियान सुरु गर्ने निर्णय गरिएको हो। छलफल अनुसार वडाभित्र तीन स्थानलाई खोप केन्द्रका रूपमा तोकिएको छ। रेड एन्जल बोर्डिङ स्कुल, राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरी र सगरमाथा आधारभूत विद्यालयबाट खोप सेवा प्रदान गरिनेछ। यस अभियानमार्फत ५४ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य केन्द्रले जनाएको छ। मनहरी–६ का वडा अध्यक्ष युवराज थपलियाको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा वडा सदस्य विष्णु राई, सञ्चारकर्मी जयराम मुक्तान तथा स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता…
Read More
वानखेडेमा ऐतिहासिक भिडन्त: आज पहिलोपटक इङ्ग्ल्यान्डविरुद्ध मैदानमा उत्रिँदै नेपाल

वानखेडेमा ऐतिहासिक भिडन्त: आज पहिलोपटक इङ्ग्ल्यान्डविरुद्ध मैदानमा उत्रिँदै नेपाल

मुम्बई, माघ २५ गते । मुम्बईको वानखेडे स्टेडियम आज नेपाली क्रिकेटका लागि ऐतिहासिक मञ्च बन्दैछ। आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल र इङ्ग्ल्यान्ड आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुने यस खेलमार्फत नेपालले इङ्ग्ल्यान्डसँग कुनै पनि फर्म्याटमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। आजकै अन्य खेलहरूमा बिहान ११:१५ बजे समूह ‘डी’ का अफगानिस्तान र न्युजिल्यान्ड भिड्नेछन् भने राति ७:१५ बजे समूह ‘बी’ अन्तर्गत श्रीलंका र आयरल्यान्डबीच खेल हुने तालिका छ। नेपालको विश्वकप यात्रा सम्झँदा सन् २०१४ को बंगलादेश संस्करण उल्लेखनीय रह्यो। त्यस विश्वकपमा अफगानिस्तान र हङकङलाई पराजित गरे पनि रनरेटका कारण नेपाल सुपर–१० चरणमा पुग्न…
Read More
मकवानपुरमा एमाले उम्मेद्वारीप्रति जनसमर्थन बढ्दो : राना

मकवानपुरमा एमाले उम्मेद्वारीप्रति जनसमर्थन बढ्दो : राना

हेटौँडा, माघ २५ गते । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेद्वार रामेश्वर रानाले आफ्नो उम्मेद्वारीले मकवानपुरका जनता उत्साहित र सन्तुष्ट देखिएको बताएका छन्। नेकपा एमालेबाट निर्वाचित वर्तमान तथा पूर्व जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले मुलुकलाई विद्यमान संकटबाट मुक्त गर्दै विकास र समृद्धिको यात्रामा अघि बढाउन एमालेको जित अपरिहार्य रहेको धारणा राखे। उम्मेद्वार रानाले कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा अन्योलमा नपरी आत्मविश्वासका साथ निर्वाचन अभियानमा जुट्न आग्रह गरे। उनले संगठनात्मक एकता र जनसम्पर्कलाई बलियो बनाउँदै चुनावी मैदानमा होमिनु आवश्यक रहेको बताए। भेलामा संविधानसभा सदस्य अनन्त पौडेलले फागुन २१ गते हुने निर्वाचन राष्ट्रियता र राष्ट्रिय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.