२०८३ श्रावण १, शुक्रबार ०९:०७
२०८३ श्रावण १, शुक्रबार ०९:०७
हेटौँडा, साउन १ गते । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले आर्थिक वर्ष २०८३/०८४ का लागि वडाभित्र सञ्चालन हुने प्रमुख योजना तथा कार्यक्रम सार्वजनिक गरेका छन्। नयाँ आर्थिक वर्षको अवसरमा उनले अघिल्लो आर्थिक वर्षलाई विदाइ गर्दै वडाको दोस्रो कार्यकालको अन्तिम वर्षमा प्रवेश गरेको उल्लेख गर्दै आगामी वर्षलाई विकास निर्माणको दृष्टिले उपलब्धिमूलक बनाइने बताएका हुन्। वडाध्यक्ष सिग्देलका अनुसार गत आर्थिक वर्षमा सम्पन्न भएका प्रतिनिधिमूलक भौतिक पूर्वाधारका कामलाई भिडियोमार्फत सार्वजनिक गरिएको छ भने सडक स्तरीकरण, ढल, फुटपाथ, सडक बत्ती, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटन, भाषा–संस्कृति, महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक समावेशिता तथा मानवीय विभेद र हिंसाविरुद्धका सयौँ कार्यक्रम प्रभावकारी रूपमा…