२०८३ श्रावण १२, मंगलवार २३:३५
२०८३ श्रावण १२, मंगलवार २३:३५
काठमाडौँ, साउन १२ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घटनामा घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई यसै देशका एक नागरिकका रूपमा पनि सुनसरीका घटनाक्रमबाट अत्यन्त दुःखी भएको उल्लेख गरेका छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचार र प्रभावित परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन्। प्रधानमन्त्री शाहले घटनामा सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु तथा अन्य नागरिक घाइते हुनु कुनै पनि…