२०८३ भाद्र ५, शुक्रबार १३:४५
२०८३ भाद्र ५, शुक्रबार १३:४५
काठमाडौं, भदौ ५ गते । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले यस वर्षको ‘हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ का लागि सहभागिता आह्वान गरेको छ। ताप्लेजुङको घुन्सामा २०६३ साल असोज ७ गते भएको हेलिकप्टर दुर्घटनामा दिवंगत नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल कुमार सिंहको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार २०६४ सालदेखि निरन्तर प्रदान हुँदै आएको छ। यस वर्ष पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। पुरस्कारका लागि २०८२ भदौ १ गतेदेखि २०८३ साउन मसान्तसम्म टेलिभिजनमा प्रसारण भएका जोखिमपूर्ण विषयवस्तु समेटिएका सामग्रीहरूलाई सहभागी गराइनेछ। सहभागिताका लागि प्रसारण भएको सामग्रीको भिडियो क्लिप, त्यसको स्क्रिप्ट र प्रसारण मिति खुल्ने विवरणसहित सम्बन्धित…