२०८३ भाद्र ८, सोमबार २१:४२
२०८३ भाद्र ८, सोमबार २१:४२
हेटौंडा, भदौ ८ गते । बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियोलाई थप विस्तार गर्दै चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक सी २५०१ र चेतक सी ३५०३ सार्वजनिक गरेको छ। बजाज अटो लिमिटेडले नेपालमा बजाजका दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा हेटौंडास्थित होराइजन अटो प्रालिमा सोमबार आयोजित कार्यक्रममा दुवै मोडल सार्वजनिक गरेको हो। नयाँ मोडलले नेपालमा दिगो, आकर्षक र उत्कृष्ट प्रदर्शनयुक्त विद्युतीय सहरी यातायातको विकल्प विस्तार गर्ने कम्पनीको प्रतिबद्धतालाई थप बलियो बनाएको जनाएको छ। व्यक्तिगत ऊर्जा, सहजता र सहरी यात्रालाई ध्यानमा राखेर डिजाइन गरिएको चेतक सी २५०१ पूर्ण मेटल बडीसहित उपलब्ध छ। २.५ किलोवाट…