२०८३ कार्तिक १३, शुक्रबार २०:१६
२०८३ कार्तिक १३, शुक्रबार २०:१६
काठमाडौँ, कार्तिक १३ गते । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ। शुक्रबार कार्यालय समय सकिएपछि सादा पोशाकमा खटिएका प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले जनाएको छ। काउन्सिलका अनुसार पत्रकारलाई नियन्त्रणमा लिने क्रममा पक्राउको स्पष्ट कारण खुलाइएको थिएन। त्यस्तै, पक्राउ पूर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा सम्बन्धित विषयमा अपराधको जाहेरी परेको वा नपरेको समेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारमाथि…