काभ्रेको नालामा बुवाले चलाएको ट्रकले किचेर छोरीको मृत्य

काभ्रे। काभ्रे जिल्लाको नालामा बुवाले चलाएको ट्रकले किचेर छोरीको मृत्यु भएको छ। बनेपा नगरपालिका वडा नम्बर ४ मा बा ४ ख ८५९२ नम्बरको ट्रकले किच्दा वर्ष ३ की समीक्षा बरालको मृत्यु भएको हो।

उक्त ट्रक गाडी भने उनकै बाबु सरोज बरालले चलाइरहेको अवस्थामा सो दुर्घटना भएको बताएको छ। सिन्धुली गोलन्जोर गाउँपालिका वडा नम्बर १ घर भएका बराल भने नालामा परिवारसहित बस्दै आइरहेका थिए।

स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोटमा बस्दै आएका बरालले खाली ट्रकलाई ब्याक गर्ने क्रममा छोरी समीक्षालाई ट्रकले कुल्चिन पुगेको थियो। ब्याक गर्ने क्रममा कुल्चिएकी तीन वर्षीय समीक्षा भने घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

घटना लगत्तै प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक बुवा भनिनेलाई पनि नियन्त्रण राखी सम्पर्कमा राखिरहेका प्रहरीले जनाएको छ। मृतक बालिकाको सवलाई भने पोस्टमार्टमको लागि धुलिखेल अस्पतालमा लगिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.