काठमाडौँ। राप्रपाले पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डाक्टर धवल शमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम आदेश दिएको छ।
आज बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले दुई नेता लगायत अन्य कार्यकर्ताहरूलाई पनि २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम आदेश दिएको विशेष बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीहरू माझ जानकारी गराएका थिए।
यदि २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरू अझ चुस्त दुरुस्त तरिकाबाट गर्ने र त्यसलाई आन्दोलनका रूपमा उठाएर लैजाने निर्णय गरेको उनले बताए।
प्रतिकृया दिनुहोस्
Views: 193














