अब हुने कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले यही ११ गते हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको हो।

साथै परीक्षा बोर्डले परीक्षार्थी विद्यार्थी भाइबहिनीहरूलाई परीक्षा तयारी गर्न पनि आग्रह गरेको छ। अहिले भइरहेको शिक्षक तथा कर्मचारीको आन्दोलनको कारण कक्षा १२ को परीक्षा निर्धारित समयमा हुने नहुने अन्यल रहेको थियो।

आज बसेको बैठक बोर्डले सबै तहका जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयलाई परीक्षा सञ्चालनको तयारी गर्न पनि विशेष अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.