कैची प्रहार गर्दा एक महिला घाइते

सुन्दरहरैँचा। बुधबार दिउँसो सुन्दरहरैँचा–९, दीपेन्द्र चोकमा ४२ वर्षीय खुर्सित आलमले आफ्नी पत्नी इन्दिरा अधिकारी (३८, खातुन)माथि कपडा काट्ने कैचीले प्रहार गरेका छन्। घररायसी विवादका क्रममा दिउँसो करिब ४ बजे खुर्सितले कैर्ची प्रहार गर्दा इन्दिरा घाइते भएकी हुन्।

शरीरका विभिन्न भागमा चोट लागेकी उनको सुकुना सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले उनको अवस्था मध्यम रहेको जनाएको छ।प्रहरीले आक्रमणमा प्रयोग गरिएको कैर्चीसहित खुर्सितलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.