मकवानपुरमा आदिवासी जनजातिका लागि लोक सेवा तयारी अभिमुखिकरण

हेटौंडा। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा मंगलबार हेटौंडामा लोक सेवा तयारी कक्षासम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको उपस्थिति रहेको थियो। लोक सेवा आयोगतर्फको तयारीमा मार्गदर्शन दिन प्रशिक्षकको भूमिकामा उपसचिव कुमार घिसिङले प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रममा लोक सेवाको तयारी कसरी गर्ने, तयारीका योजना बनाउने तरिका, लोक सेवा प्रक्रियामा कसरी सहभागी हुने भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराएको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलान, नेपाल मगर संघ मकवानपुरका सचिव भूपेन्द्र राना मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष नवराज वाईबा, नेपाल तामाङ घेदुङ हेटौंडा उपमहानगरका सचिव सुवास घिसिङसहित विभिन्न समुदायगत संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमले आदिवासी जनजातिहरूलाई लोक सेवामा सहभागिता बढाउन प्रेरणा प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा आदिवासी जनजातिका लागि लोक सेवा तयारी अभिमुखिकरण

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुरमा आदिवासी जनजातिका लागि लोक सेवा तयारी अभिमुखिकरण

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुरमा आदिवासी जनजातिका लागि लोक सेवा तयारी अभिमुखिकरण

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुरमा आदिवासी जनजातिका लागि लोक सेवा तयारी अभिमुखिकरण

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

मकवानपुरमा आदिवासी जनजातिका लागि लोक सेवा तयारी अभिमुखिकरण

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

मकवानपुरमा आदिवासी जनजातिका लागि लोक सेवा तयारी अभिमुखिकरण

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.