काठमाडौं। नेकपा एमालेले राष्ट्रिय सभामा आफ्नो प्रमुख सचेतक परिवर्तन गरेको छ। सामान्य प्रशासन मन्त्री बनेकी भगवती न्यौपानेको ठाउँमा अब गोपाल भट्टराईले प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्ने भएका छन्।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई आज, साउन १ गतेदेखि लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने भट्टराई रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा हुन्।
प्रतिकृया दिनुहोस्
Post Views: 245














