झापा। झापाको दमकमा निर्माण गरिएको १८ तले दमक भ्यू टावर (दमक व्यापारिक कम्प्लेक्स) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।
शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजनाले एक सूचना जारी गर्दै दमक नगरपालिका–३, दापगाछीस्थित भ्यू टावर सर्वसाधारणका लागि सशुल्क अवलोकन गर्न खुला गरिएको जनाएको हो। टावर परिसर प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुला रहनेछ। अवलोकनका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु १०० निर्धारण गरिएको छ।
यस्तै, पार्किङ शुल्क हलुका सवारीका लागि रु २५, बसका लागि रु ५० र मोटरसाइकलका लागि रु १० तोकिएको विभागले जनाएको छ।
दमकको उच्च स्थानमा अवस्थित यस भ्यू टावरबाट आसपासका मनमोहक दृश्यहरूको अवलोकन गर्न सकिनेछ।
प्रतिकृया दिनुहोस्
Post Views: 244














