सेलो गायक बिरु घलानको नयाँ गीत ‘धोकेबाज पापिनी’ सार्वजनिक, दर्शकबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा

हेटौंडा,असार २ गते। मकवानपुरका चर्चित सेलो गायक बिरु घलानले आफ्नो नयाँ सेलो गीत ‘धोकेबाज पापिनी’ सार्वजनिक गरेका छन्। अस्ति मात्र आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले सेलो संगीतप्रेमी दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

सेलो सांगीतिक यात्राबाट आफ्नो संगीत करियरको सुरुवात गरेका गायक घलानका गीतहरूलाई दर्शक तथा श्रोताहरूले विगतदेखि नै अत्यधिक माया र साथ दिँदै आएका छन्। सोही माया र सद्भावलाई आत्मसात गर्दै उनले समयानुकूल फरक–फरक शैलीका सांगीतिक कोसेलीहरू दर्शकमाझ प्रस्तुत गर्दै आएका छन्। घलानका अनुसार उनले हालसम्म करिब १३ वटा सेलो गीत सार्वजनिक गरिसकेका छन्।

यसपटक ‘धोकेबाज पापिनी’ बोलको गीतमार्फत दर्शकमाझ आएका घलानले यस गीतलाई पनि अघिल्ला सिर्जनाजस्तै माया र साथ मिल्ने विश्वास व्यक्त गरेका छन्। गीतमा गायक बिरु घलानसँगै गायिका अनिषा तामाङको पनि सुमधुर आवाज रहेको छ। दुवै कलाकारको स्वरले गीतलाई अझ आकर्षक र मिठासपूर्ण बनाएको छ।

गीतको शब्द तथा संगीत आश्रम थिङले तयार गरेका हुन् भने एरेञ्ज, मिक्सिङ तथा मास्टरिङको काम सानो बाबु घिसिङले गरेका छन्। गीतको रेकर्डिङ स्टुडियो फ्याफुल्ला नेपालमा गरिएको हो।

गीतको निर्देशन तथा कोरियोग्राफी आशिष लामाले गरेका छन् भने सहायक कोरियोग्राफरको रूपमा प्रिया लामाको भूमिका रहेको छ। सिनेमाटोग्राफी दुर्गा श्रेष्ठले गरेका छन्। भिडियोमा आशिष लामा, प्रनिल घले, सुजु तामाङ, सलिना तामाङ तथा गेस्ट आर्टिस्ट आयुष लामाको अभिनय देख्न सकिन्छ। मेकअप संगीता मिजारले गरेकी हुन् भने भिडियोको सम्पादन तथा कलरिङ अनिल बिष्ट प्युठानीले गरेका छन्। गीतको सम्पूर्ण डिजिटल व्यवस्थापन राप्ती डिजिटल म्युजिक प्रालिले गरेको जनाएको छ।

गायक बिरु घलानले आफ्नो नयाँ सांगीतिक प्रस्तुति ‘धोकेबाज पापिनी’लाई दर्शक तथा श्रोताहरूले मन पराइदिने विश्वास व्यक्त गर्दै गीत हेरेर र सुनेर आफ्नो प्रतिक्रिया दिन सबैमा आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सेलो गायक बिरु घलानको नयाँ गीत ‘धोकेबाज पापिनी’ सार्वजनिक, दर्शकबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

सेलो गायक बिरु घलानको नयाँ गीत ‘धोकेबाज पापिनी’ सार्वजनिक, दर्शकबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

सेलो गायक बिरु घलानको नयाँ गीत ‘धोकेबाज पापिनी’ सार्वजनिक, दर्शकबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

सेलो गायक बिरु घलानको नयाँ गीत ‘धोकेबाज पापिनी’ सार्वजनिक, दर्शकबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

सेलो गायक बिरु घलानको नयाँ गीत ‘धोकेबाज पापिनी’ सार्वजनिक, दर्शकबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सेलो गायक बिरु घलानको नयाँ गीत ‘धोकेबाज पापिनी’ सार्वजनिक, दर्शकबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.