२०८३ असार २, मंगलवार २३:५३
२०८३ असार २, मंगलवार २३:५३
हेटौंडा,असार २ गते। नेपाल पत्रकार महासंघ जिल्ला समिति मकवानपुरले फिचर लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ। हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगितामा मकवानपुरका क्रियाशील सञ्चारकर्मीहरूलाई सहभागी हुन आह्वान गरिएको छ। महासंघले जारी गरेको सूचनाअनुसार प्रतियोगितामा सहभागी हुने फिचर समाचार हेटौंडा उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा गरेको विकास, योजना तथा जनसरोकारका विषयसँग सम्बन्धित हुनुपर्नेछ। फिचर समाचार ८०० देखि १२०० शब्दसम्मको हुनुपर्ने जनाइएको छ। प्रतियोगितामा सहभागी हुने सामग्री वास्तविक तथ्य–तथ्याङ्कमा आधारित हुनुपर्ने तथा जनप्रतिनिधि, कर्मचारी वा सम्बन्धित व्यक्तिहरूको भनाइ तथा प्रतिक्रिया समेटिएको हुनुपर्ने महासंघले जनाएको छ। साथै फिचर समाचार मौलिक, सिर्जनात्मक तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग नगरी तयार गरिएको हुनुपर्ने उल्लेख गरिएको…