समाजवादी महिला सङ्घ नेपाल मकवानपुरको पहिलो अधिवेशनबाट अध्यक्ष पदका लागि मुस्कान लामा निर्विरोध चयन

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुर जिल्लाको प्रथम ऐतिहासिक महिला समाजवादी सङ्घको पहिलो अधिवेशन आज सम्पन्न भएको छ। हेटौंडा १० स्थित होटेल लिडोमा गरेको समाजवादी महिला सङ्घको अधिवेशन आज सम्पन्न भएको हो।

जसपा नेपाल मकवानपुर जिल्लाले आज गरेको अधिवेशनबाट समाजवादी महिला सङ्घको नेतृत्वमा अध्यक्ष पदका लागि सर्वसम्मत रुपमा मुस्कान लामालाई निर्विरोध चयन गरेका छन्। जिल्लाको अधिवेशनबाट निर्विरोध भएका अध्यक्ष लामाले ११ कार्यसमिति गठन गरेको छ। जसमा रहेका छन् उपाध्यक्ष पदका लागि मञ्जु लामा र उर्मिला घिसिङ,सचिव पदको लागि जेसुका चौलागाई, सह-सचिवको लागि माया तामाङ र कोष अध्यक्ष पदका लागि अम्बिका अधिकारी निर्विरोध चयन भएका छन्।

त्यसैगरी अन्य सदस्यहरूमा सुन लक्ष्मी थिङ, विष्णु लामा, अमृता सुवेदी, गङ्गा लामा र चमेली लामा लगायतका सदस्यहरू कार्यसमितिमा चयन गरेका छन्। जसपा नेपाल मकवानपुरको समाजवादी महिला सङ्घ भातृ संगठनलाई हौसला र प्रेरणा दिनको निम्ति प्रमुख आतिथ्यका लागि केन्द्रीय सचिव तथा पूर्व माननीय लिला सिटौलालाई उपस्थित गराएका थिए। त्यसैगरी विशिष्ट अतिथिको रुपमा केन्द्रीय सदस्य शशी लिङ्देन र अर्का विशिष्ट अतिथिको रुपमा केन्द्रीय सदस्य डिना लामालाई पनि उपस्थित गराएका थिए।

महिलाहरूको भातृ संगठनलाई केन्द्रबाट उपस्थित भएका पूर्व माननीय र केन्द्रीय सदस्य महिलाहरूले समग्रमा महिलाको हक अधिकारको विषयमा र महिला सशक्तिको अभियानमा जुट्न अब आउने नयाँ महिला साथीहरुलाई आग्रह र अनुरोध समेत गरेका थिए। उपस्थित प्रत्येक वक्ताहरूले महिलाको हक अधिकार र महिला पछि परिनुको विविध कारणहरु बारे आफ्नो भनाइहरूमा उल्लेख गरेका थिए। जबसम्म महिलाको अस्तित्वलाई बुझ्दैन तबसम्म महिलाको सह अस्तित्व कुनै पनि हालतमा सुरक्षित रहन सक्दैन। त्यसकारण सबै महिला साथीहरूले यस विषयमा गम्भीरतापूर्वक अध्ययनशील भएर आफ्नो हक अधिकारका लागि लड्नको निमित्त र अघि बढ्नको लागि हौसला बचाइ राख्न केन्द्रबाट उपस्थित भएका पूर्व माननीय तथा केन्द्रीय सदस्य व्यक्तिहरूले बोल्ने क्रममा आफ्नो भनाइ राखेका थिए।

यसैगरी आज निर्विरोध चयन भएका समाजवादी महिला सङ्घको अध्यक्ष लामाले आगामी दिनहरूमा महिलाको आफ्नो हक अधिकारको लागि आफ्नो गाँस छोडेर भएपनि पूर्णरूपमा लागिपर्ने बताएका छन्। महिलासँग जोडिएका कुनै पनि विषयहरू पूर्णरूपमा अध्ययन गरेर त्यसलाई एउटा निष्कर्षमा पुर्याउने आफ्नो कटिबद्धता रहेको पनि उल्लेख गरेका छन्। भोलिका दिनमा आइपरेका कुनै पनि समस्याहरु डटेर लाग्नुपर्ने र महिला दिदीबहिनीहरूले सुन्ने क्षमताको पनि विकास गर्नुपर्छ। जसले सुन्छ त्यही महिला अगाडि बढ्न सक्छ। जसले सुन्ने क्षमताको विकास गर्दैन ती महिला पछि पर्न सक्छ त्यसकारण सुन्ने क्षमता र देशमा अहिले भएका महिलासँग जोडिएका हरेक नीति नियम र कानुनलाई बुझेर अगाडि बढ्नुपर्छ भनेर आफ्नो भनाइमा विशेष जोड दिएका छन्।

आजको अधिवेशनमा सहभागी हुनेहरूमा प्रमुख अतिथिको रूपमा पूर्व माननीय तथा केन्द्रीय सदस्य लिला सिटौला, केन्द्रीय सदस्य शशी लिङ्गदेल, केन्द्रीय सदस्य तथा महिला सङ्घको उपाध्यक्ष डिना लामा,केन्द्रीय सदस्य मेजरमान मुक्तान,प्रदेश कार्यवाहक अध्यक्ष जीवन लामा, प्रदेश महिला अध्यक्ष सजनी तामाङ, राष्ट्रिय समिति सदस्य जीवन मान मोक्तान, राष्ट्रिय समिति सदस्य दिलबहादुर रुम्बा, राष्ट्रिय समिति सदस्य जीवन पाख्रिन,नेवार राष्ट्रिय समिति सदस्य मुख्य सचिव दिभेस शाक्य, मकवानपुर जिल्ला अध्यक्ष उत्तम गम्जा र मकवानपुर जिल्ला उपाध्यक्ष गीता कार्की लगायत अन्य पत्रकार साथीहरूको उपस्थिति कार्यक्रममा रहेका थिए।

कार्यक्रमको अन्त्य भने कार्यक्रमको सभाध्यक्ष रहेकी मञ्जु लामाले गरेकी थिइन्‌।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

समाजवादी महिला सङ्घ नेपाल मकवानपुरको पहिलो अधिवेशनबाट अध्यक्ष पदका लागि मुस्कान लामा निर्विरोध चयन

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

समाजवादी महिला सङ्घ नेपाल मकवानपुरको पहिलो अधिवेशनबाट अध्यक्ष पदका लागि मुस्कान लामा निर्विरोध चयन

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

समाजवादी महिला सङ्घ नेपाल मकवानपुरको पहिलो अधिवेशनबाट अध्यक्ष पदका लागि मुस्कान लामा निर्विरोध चयन

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

समाजवादी महिला सङ्घ नेपाल मकवानपुरको पहिलो अधिवेशनबाट अध्यक्ष पदका लागि मुस्कान लामा निर्विरोध चयन

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

समाजवादी महिला सङ्घ नेपाल मकवानपुरको पहिलो अधिवेशनबाट अध्यक्ष पदका लागि मुस्कान लामा निर्विरोध चयन

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

समाजवादी महिला सङ्घ नेपाल मकवानपुरको पहिलो अधिवेशनबाट अध्यक्ष पदका लागि मुस्कान लामा निर्विरोध चयन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.