मनहरीमा “Gen-Z विद्रोह र राजनीतिक परिस्थिति” विषयक अन्तरक्रिया कार्यक्रम हुँदै

मनहरी, अशोज ७ गते । मकवानपुरको मनहरीमा “Gen-Z विद्रोह, राजनीतिक परिस्थिति र अबको निकास ?” विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

नेकपा मनहरी गाउँपालिका समितिद्वारा आयोजित उक्त कार्यक्रम आगामी २०८२ असोज ८ गते सम्पन्न हुने छ। कार्यक्रममा हालको राजनीतिक परिस्थितिबारे चर्चा–विमर्श गर्दै नयाँ पुस्ताको राजनीतिक भूमिका समेत के कस्तो हुन सक्ने भन्नेबारे छलफल हुने आयोजक समितिले जनाएको छ।

उक्त अन्तरक्रिया कार्यक्रममा पार्टीका स्थानीय नेतृत्व, कार्यकर्तासँगै युवाहरूको सक्रिय सहभागिता रहने बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.