तलब रोक्ने प्रधानाध्यापक कारबाहीमा पर्ने – शिक्षा मन्त्री महावीर पुन

काठमाडौं, अशोज ११ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले दशैं तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिहरू र केही प्रधानाध्यापकहरूले शिक्षकहरूको तलब रोकिदिएको गुनासो मन्त्रालयमा आइरहेको जानकारी सार्वजनिक गरेका छन्।

उनका अनुसार शिक्षा मन्त्रालयले तलब पहिले नै विद्यालयमा पठाइसकेको हुँदा कुनै नाजायज वा अन्यायपूर्ण तरिकाले तलब नदिने काम सह्य नहुने स्पष्ट भएको छ। यदि शिक्षकहरूले पाउनुपर्ने तलब प्रधानाध्यापक वा विद्यालय व्यवस्थापन समितिले निकाल्न ढिलासुस्ती गर्ने वा रोकेर राख्ने हो भने सो कार्य कानुनविपरीत हुने चेतावनी मन्त्री पुनले दिएका छन्।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “भोलिसम्ममा शिक्षकहरूको तलब नदिए सम्बन्धित प्रधानाध्यापकलाई नियमअनुसार कडा कारबाही गरिनेछ।”

यसअघि पनि विभिन्न जिल्लाका विद्यालयहरूबाट तलब नपाएको भन्ने उजुरीहरू मन्त्रालयसम्म आइपुगेका थिए। मन्त्रालयले यस्ता कार्य रोक्न चेतावनी दिँदै तत्कालै तलब वितरण गर्न विद्यालय प्रशासनलाई निर्देशन दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.