हेटौडा–१५ रातोमाटे चुरियामाई मन्दिरमा फूलपाती पूजा, भक्तजनको घुइँचो

हेटौडा, अशोज १३ । गते हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चुरियामाई मन्दिरमा आज बिहानदेखि फूलपाती पूजा आराधनाका लागि भक्तजनको ठूलो भीड देखिएको छ।

टाढाटाढाबाट आएका श्रद्धालुहरूको व्यवस्थापनका लागि मन्दिर व्यवस्थापन समितिले महिला तथा पुरुष स्वयंसेवक खटाएर दुई चरणको लाइन प्रणाली बनाई पूजा गर्ने सुविधा मिलाइएको थियो।

भक्तजनहरूले भाकल सहित ल्याएका बलि चढाउने कुखुरा, बोका लगायतका पशुपन्छीलाई छुट्टै लाइनमा व्यवस्थापन गरिएको थियो। त्यस्तै, मन्दिर परिसरमा आएका सवारी साधनका लागि व्यवस्थित पार्किङको व्यवस्था गरिएको थियो।

भक्तजनहरूले ल्याएका फूलपाती र अक्षता मन्दिर गेटमार्फत पुजारीलाई हस्तान्तरण गरिँदै मुख्य चुरियामाई मन्दिरमा चढाइएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.