भीमेश्वर–४ सिरान देउरालीमा “आफ्नो गाउँ ठाउँ आफैं बनाउँ” अभियान अन्तर्गत सामूहिक श्रमदान

दोलखा, अशोज २२ गते । भीमेश्वर नगरपालिका–४ सिरान गाउँ देउराली सार्केश्वराका स्थानीय दाजुभाइ र दिदीबहिनीहरूले “आफ्नो गाउँ ठाउँ आफैं बनाउँ” भन्ने उद्देश्यका साथ सामूहिक श्रमदान गरी सडकको नालामा झरेको पहिरो र माटो सफा गरेका छन्।

सडकमा लगातारको वर्षाका कारण पहिरो झरेर बाटो अबरुद्ध भएपछि स्थानीय बासिन्दाहरूले कुनै पनि सरकारी सहयोगको पर्खाइ नगरी आफैं अग्रसर भएर श्रम अभियान सञ्चालन गरेका हुन्। उनीहरूले नालामा अड्किएको माटो, झाडी र ढुंगामाटो हटाउँदै सडक पुनः सहज पार्ने काम सम्पन्न गरेका छन्।

स्थानीयको भनाइअनुसार, यस्तो सामूहिक श्रमदानले गाउँमा एकताको भावना बढाउने मात्र नभई विकास र सरसफाइप्रतिको चेतना पनि फैलाउने काम गरेको छ। उनीहरूले आगामी दिनमा पनि “आफ्नो गाउँ आफैं बनाऔं” अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.