हेटौंडा, कार्तिक २ गते । नेपाल रेडक्रस सोसाइटी चुरियामाई उपशाखा मकवानपुरले विशेष चाडपर्व शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम समाजकल्याण युवा क्लबको सभाहल, मयुर धाप–१४ मा सम्पन्न भएको हो।
उपशाखाले दिएको जानकारी अनुसार कार्यक्रममा यस उपशाखाका बाँकी रहेका आजीवन तथा साधारण सदस्यता परिचयपत्र वितरण गरिएको छ। साथै नयाँ सदस्यता प्रदान गरी सदस्य विस्तारसमेत गरिएको थियो।
कार्यक्रममा स्थानीय समाजसेवी, रेडक्रसका पदाधिकारी, सदस्यहरू, स्वयंसेवक तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
चाडपर्वको अवसरमा आयोजित यस कार्यक्रमले आपसी सहयोग, सौहार्द र एकता सुदृढ गर्न योगदान पुर्याउने विश्वास लिइएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 152














