हेटौंडा, मंसिर ४ गते । बागमती प्रदेश सभाको चालु १६ औँ अधिवेशन मंसिर ३ गते बुधबार राति ११:५९ बजेदेखि अन्त्य भएको छ। प्रदेश प्रमुख माननीय दिपक प्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।

प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम (३) अनुसार माननीय सदस्यहरूलाई जानकारीका लागि प्रदेशसभा सचिव राजकुमार पौडेलले सूचनापत्र जारी गरेका छन्।
यससँगै बागमती प्रदेश सभाको दोस्रो कार्यकालअन्तर्गत जारी १६ औँ अधिवेशनको समापन औपचारिक रूपमा भएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 120














