हेटौंडामा २५/२५ गज सडक विस्तारको विरोधमा घरधनीहरू आन्दोलित, प्रमुख जिल्ला अधिकृतसँग वार्ता जारी

photo by hetauda sandesh

हेटौंडा, मंसिर २२ गते । जिल्लामा थालिएको २५/२५ गज सडक विस्तार प्रक्रियाविरुद्ध हेटौंडाका घरधनीहरू आज जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा आन्दोलित भएका छन्। घरधनीहरूले हेटौंडा बजार क्षेत्रमा भइरहेको सडक विस्तारका क्रममा आफूहरूको वैधानिक स्वामित्व रहेको घरजग्गा ‘अतिक्रमण’ भन्दै भत्काउन खोजिएको आरोप लगाएका छन्।

उनीहरूको दाबी अनुसार, सम्बन्धित घरजग्गाको लालपुर्जा, महसुल–कर तिरेको प्रमाणपत्र तथा अन्य कानुनी कागजात सुरक्षित रहेका छन्। सोही प्रमाणका आधारमा उचित मुआब्जा प्रदान नगरी संरचना हटाउन खोजिनु अन्यायपूर्ण रहेको उनीहरूको गुनासो छ।

यही मागसहित घरधनी प्रतिनिधि समूह र प्रमुख जिल्ला अधिकारीबीच अहिले वार्ता जारी छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.