Day: २०८२ मंसिर २२, सोमबार २१:२८

सरकारले स्व. पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय

सरकारले स्व. पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय

काठमाडौं, मंसिर २२ गते । सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। गत चैत १५ गते तीनकुने घटनामा समाचार संकलनका क्रममा ज्यान गुमाएका रजकलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार रजक पत्रकारिताको दायित्व निर्वाह गर्ने क्रममा ज्यान गुमाएकाले सरकारले सम्मानस्वरूप सहिद घोषणा गर्ने निर्णय गरेको हो। पत्रकार रजकलाई सहिद घोषणा भएपछि परिवारजनले पाउने सहुलियतलगायतका प्रक्रियाहरू अब सम्बन्धित मन्त्रालयमार्फत अघि बढाइनेछ।
Read More
अखिल नेपाल विद्यार्थी यूनियन समाजवादीद्वारा शिक्षा मन्त्री महावीर पुनलाई २८ बुँदे मागसहित ज्ञापनपत्र

अखिल नेपाल विद्यार्थी यूनियन समाजवादीद्वारा शिक्षा मन्त्री महावीर पुनलाई २८ बुँदे मागसहित ज्ञापनपत्र

काठमाडौं, मंसिर २२ गते । अखिल नेपाल विद्यार्थी यूनियन समाजवादी केन्द्रीय समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई २८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएर शिक्षा क्षेत्रका विद्यमान समस्या समाधानको तत्काल पहल गर्न आग्रह गरेको छ। संगठनका अध्यक्ष नरेन्द्र सीले हस्ताक्षरित ज्ञापनपत्रमा विद्यालयदेखि विश्वविद्यालयसम्म देखिएका संरचनात्मक कमजोरी, व्यापारीकरण, दलीय भागबण्डा, शुल्कको अनियमितता र सार्वजनिक शिक्षाको कमजोर पहुँचमा गम्भीर ध्यानाकर्षण गराइएको छ। ज्ञापनपत्रमा विगतका दलीय भागबण्डाका आधारमा भएका विश्वविद्यालय तथा शैक्षिक क्षेत्रका सबै नियुक्ति खारेज गरी मेरिटका आधारमा नयाँ नियुक्ति गर्न, विद्यार्थीलाई यातायात–मनोरञ्जन–स्वास्थ्यमा ४५ प्रतिशत छुट पुनः लागू गर्न तथा सबै विद्यार्थीलाई केन्द्रीकृत स्वास्थ्य बीमामा आबद्ध गराउन माग गरिएको छ। संविधानमा व्यवस्था…
Read More
हेटौंडामा सडक विस्तार समाचार संकलनमा संलग्न पत्रकारमाथि अवरोध: स्वतन्त्र पत्रकार संघ मकवानपुरद्वारा कडा आपत्ति

हेटौंडामा सडक विस्तार समाचार संकलनमा संलग्न पत्रकारमाथि अवरोध: स्वतन्त्र पत्रकार संघ मकवानपुरद्वारा कडा आपत्ति

हेटौँडा, मंसिर २२ गते । हेटौडा बजार क्षेत्रमा भइरहेको सडक विस्तारबारे समाचार संकलन र प्रसारणका क्रममा संलग्न पत्रकारमाथि पटक–पटक अवरोध, दबाब र अनावश्यक रोकथाम गरिएको भन्दै स्वतन्त्र पत्रकार संघ नेपाल, मकवानपुरले गम्भीर आपत्ति जनाएको छ। सडक विस्तारका कारण प्रभावित समुदायका आवाज, प्रशासनिक प्रक्रियाको यथार्थ अवस्था र नागरिक सरोकारका विषयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारमाथि भएको हस्तक्षेपलाई सङ्घले लोकतान्त्रिक मूल्य र संवैधानिक अधिकारमाथिको प्रत्यक्ष प्रहारका रूपमा व्याख्या गरेको छ। जिल्ला प्रशासन कार्यालय अगाडि समाचार संकलनमा पुगेका सङ्घका सचिव तथा पत्रकार बसन्त भण्डारीसहित अन्य सञ्चारकर्मीहरूलाई गरिएको असभ्य व्यवहार कुनै पनि मान्यताको दायरामा नपर्ने भन्दै सङ्घले कडा शब्दमा भर्त्सना गरेको छ। नेपालको संविधानको धारा…
Read More
हेटौँडा सडक विस्तार विवादः ‘हाम्रो आवाज दबाइयो’ भन्ने आरोप अस्वीकार गर्दै पत्रकार भण्डारीको स्पष्टीकरण

हेटौँडा सडक विस्तार विवादः ‘हाम्रो आवाज दबाइयो’ भन्ने आरोप अस्वीकार गर्दै पत्रकार भण्डारीको स्पष्टीकरण

हेटौँडा, मंसिर २२ गते । हेटौँडा बजार क्षेत्रमा जारी सडक विस्तारको विवादसँगै प्रभावित घरधनीहरूबाट ‘आफ्नो आवाज सञ्चारमाध्यमले प्रसारण गरेन’ भन्ने गुनासो बढिरहेका बेला इन्फो नेपालका पत्रकार वसन्त भण्डारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका छन्। भण्डारीका अनुसार सडक विस्तारको सूचना सार्वजनिक भएको पहिलो दिनदेखि नै आफूले सबै घरधनीहरूको आवाज सुनेर प्रसारण गरेको र कुनै पनि पक्षलाई छायामा पार्ने उदेश्य कहिल्यै नरहेको स्पष्ट गरेका छन्। उनले भने, “बोल्न चाहने सबैलाई सुनेँ, संचारमाध्यममा प्रकाशन गरेँ। प्रशासनले दिएको सूचना नागरिकसम्म पुर्‍याउनु पत्रकारको दायित्व हो, पक्षपात होइन। प्रभावितको पीडा, आक्रोस, मुवाब्जा नपाएको गुनासो—सबै जस्ताको तस्तै प्रस्तुत गर्दै आएको छु।” भण्डारीले आन्दोलनका दृश्य,…
Read More
दोलखामा कार–मोटरसाइकल ठोक्किँदा एक युवक गम्भीर घाइते

दोलखामा कार–मोटरसाइकल ठोक्किँदा एक युवक गम्भीर घाइते

दोलखा, मंसिर २२ गते । दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–६ नाम्दु बजारमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवक गम्भीर घाइते भएका छन्। दुर्घटनामा जिरी नगरपालिका–४ सिउरानीका ३० वर्षीय धिरज कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। ईलाका प्रहरी कार्यालय जिरीका अनुसार चरिकोटबाट जिरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३४ प ८६५४ नम्बरको मोटरसाइकल र जिरीबाट चरिकोटतर्फ आइरहेको बा.प्र ०१–०३२ च ०९५८ नम्बरको कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। गम्भीर घाइते कार्कीलाई चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
हेटौंडामा २५/२५ गज सडक विस्तारको विरोधमा घरधनीहरू आन्दोलित, प्रमुख जिल्ला अधिकृतसँग वार्ता जारी

हेटौंडामा २५/२५ गज सडक विस्तारको विरोधमा घरधनीहरू आन्दोलित, प्रमुख जिल्ला अधिकृतसँग वार्ता जारी

हेटौंडा, मंसिर २२ गते । जिल्लामा थालिएको २५/२५ गज सडक विस्तार प्रक्रियाविरुद्ध हेटौंडाका घरधनीहरू आज जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा आन्दोलित भएका छन्। घरधनीहरूले हेटौंडा बजार क्षेत्रमा भइरहेको सडक विस्तारका क्रममा आफूहरूको वैधानिक स्वामित्व रहेको घरजग्गा ‘अतिक्रमण’ भन्दै भत्काउन खोजिएको आरोप लगाएका छन्। उनीहरूको दाबी अनुसार, सम्बन्धित घरजग्गाको लालपुर्जा, महसुल–कर तिरेको प्रमाणपत्र तथा अन्य कानुनी कागजात सुरक्षित रहेका छन्। सोही प्रमाणका आधारमा उचित मुआब्जा प्रदान नगरी संरचना हटाउन खोजिनु अन्यायपूर्ण रहेको उनीहरूको गुनासो छ। यही मागसहित घरधनी प्रतिनिधि समूह र प्रमुख जिल्ला अधिकारीबीच अहिले वार्ता जारी छ।
Read More
हेटौडामा सडक विस्तार स्थगनपछि स्थानीय घरधनी–व्यवसायी आन्दोलित, सिडिओको राजीनामा माग

हेटौडामा सडक विस्तार स्थगनपछि स्थानीय घरधनी–व्यवसायी आन्दोलित, सिडिओको राजीनामा माग

हेटौंडा, मंसिर २२ गते । हेटौडामा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतको सडक विस्तारसँग सम्बन्धित विवाद चर्किँदै गएपछि स्थानीय घरधनी तथा व्यवसायी आज सडकमा उत्रिएका छन्। सर्वोच्च अदालतको रिट, प्रारम्भिक अनभिज्ञता र कार्यान्वयन प्रक्रियामा देखिएका त्रुटिले घटनाक्रम थप जटिल बन्दै गएको छ। मंसिर ५ गते गोरखापत्र तथा राष्ट्रिय दैनिकमार्फत हेटौडा सडक डिभिजनले राजमार्गका दायाँबायाँ २५–२५ गजभित्र पर्ने संरचना, व्यापारिक क्रियाकलाप तथा अतिक्रमण १५ दिनभित्र हटाइने सूचना प्रकाशित गरेको थियो। सोही आधारमा मंसिर २० गतेदेखि रातो माटेदेखि बुद्धचोक हुँदै रातो पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म संरचना हटाउने कार्य सुरु भएको थियो। यसै बीच, प्रभावित पक्षका तर्फबाट दायर गरिएको रिटमा निवेदनकर्ता निवर्तमान सांसद…
Read More
११ हजार जेनजी कार्यकर्ता रिहाइको अल्टिमेटम: “युवालाई थुन्ने सरकार अब विकल्पको अन्त्यतिर” — मानवअधिकार समुदायको कडा प्रतिक्रिया

११ हजार जेनजी कार्यकर्ता रिहाइको अल्टिमेटम: “युवालाई थुन्ने सरकार अब विकल्पको अन्त्यतिर” — मानवअधिकार समुदायको कडा प्रतिक्रिया

काठमाडौँ, मंसिर २२ गते । नेपालको राजनीतिक वातावरन फेरि एकपटक तातिएको छ। सेप्टेम्बर विद्रोहपछि निरन्तर विवादमा परिरहेको ‘जेनेरेसन जी’ (Gen Z) आन्दोलनले आज निर्णायक चेतावनी दिंदै अन्तरिम सरकारमाथि अभूतपूर्व दबाब सिर्जना गरेको छ। सह–संयोजक अर्जुन शाहीले थुनामा रहेका ११ हजार युवालाई तुरुन्त मुक्त नगरे देशव्यापी उग्र आन्दोलन सुरु गर्ने घोषणा गरेपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शाहीले सरकारले अपनाएको ‘दमनको राजनीति’ लाई आक्रोशपूर्वक प्रश्न गर्दै तीन प्रमुख मागहरु सार्वजनिक गरे— १) ११ हजार युवा कार्यकर्ताको तत्काल, निःशर्त रिहाइ २) लगाइएका सबै ‘राजनीतिक प्रेरित झुटा मुद्दा’ तुरुन्त फिर्ता ३) देशभर युवाविरुद्ध भइरहेको धरपकड र निगरानीको अन्त्य “सामाजिक…
Read More
यातायात व्यवस्था कार्यालय हेटौडा इन्टरनेट अवरुद्धका कारण सेवामा पूर्ण रोक

यातायात व्यवस्था कार्यालय हेटौडा इन्टरनेट अवरुद्धका कारण सेवामा पूर्ण रोक

हेटौडा, मंसिर २२ गते । यातायात व्यवस्था कार्यालय हेटौडामा इन्टरनेट सेवा अवरुद्ध भएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। कार्यालयले जारी गरेको सूचनामा मंसिर २१ गतेदेखि इन्टरनेट सेवा नै रोकिएकोले लाइसेन्स सम्बन्धी कुनै पनि सेवा प्रवाह गर्न नसकिएको उल्लेख छ। समस्या समाधान नहुँदासम्म सेवाहरू बन्द रहने कार्यालयले जनाएको छ। सेवा अवरुद्ध हुँदा दर्ता, लिखित तथा ट्रायल परीक्षा, स्मार्ट–कार्ड प्रिन्ट लगायतका सबै प्रक्रिया रोकिएका छन्। इन्टरनेट पुनः सुचारु भएपछि मात्र सेवा सञ्चालनमा आउने बताइएको छ। कार्यालयले सेवाग्राहीमा परेको असुविधाप्रति क्षमायाचना गर्दै समस्या चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.