हेटौंडामा सडक विस्तार समाचार संकलनमा संलग्न पत्रकारमाथि अवरोध: स्वतन्त्र पत्रकार संघ मकवानपुरद्वारा कडा आपत्ति

हेटौँडा, मंसिर २२ गते । हेटौडा बजार क्षेत्रमा भइरहेको सडक विस्तारबारे समाचार संकलन र प्रसारणका क्रममा संलग्न पत्रकारमाथि पटक–पटक अवरोध, दबाब र अनावश्यक रोकथाम गरिएको भन्दै स्वतन्त्र पत्रकार संघ नेपाल, मकवानपुरले गम्भीर आपत्ति जनाएको छ।

सडक विस्तारका कारण प्रभावित समुदायका आवाज, प्रशासनिक प्रक्रियाको यथार्थ अवस्था र नागरिक सरोकारका विषयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारमाथि भएको हस्तक्षेपलाई सङ्घले लोकतान्त्रिक मूल्य र संवैधानिक अधिकारमाथिको प्रत्यक्ष प्रहारका रूपमा व्याख्या गरेको छ।

जिल्ला प्रशासन कार्यालय अगाडि समाचार संकलनमा पुगेका सङ्घका सचिव तथा पत्रकार बसन्त भण्डारीसहित अन्य सञ्चारकर्मीहरूलाई गरिएको असभ्य व्यवहार कुनै पनि मान्यताको दायरामा नपर्ने भन्दै सङ्घले कडा शब्दमा भर्त्सना गरेको छ।

नेपालको संविधानको धारा १७(२) ले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हक सुनिश्चित गरेको छ भने धारा १९ ले सञ्चार माध्यममाथि कुनै पनि प्रकारको नियन्त्रण निषेध गर्दै पत्रकारको पेशागत स्वतन्त्रता र सुरक्षालाई प्रत्याभूत गर्दछ। यस्ता स्पष्ट संवैधानिक प्रावधानविपरीत व्यक्तिगत, समूहगत वा संस्थागत रूपमा पत्रकारको काममा हस्तक्षेप गर्नु अस्वीकार्य भएको सङ्घले जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन, पत्रकारहरूको सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना नदोहोरिन आवश्यक र प्रभावकारी कदम चाल्न सङ्घले सम्बन्धित प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई आग्रह गरेको छ।

पत्रकारमाथि प्रयोग भएका असभ्य शब्द, अनुचित व्यवहार र दबाबपूर्ण शैलीको कडा निन्दा गर्दै सङ्घले सबै पक्षलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न र संवैधानिक दायित्व पालना गर्न आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा सडक विस्तार समाचार संकलनमा संलग्न पत्रकारमाथि अवरोध: स्वतन्त्र पत्रकार संघ मकवानपुरद्वारा कडा आपत्ति

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडामा सडक विस्तार समाचार संकलनमा संलग्न पत्रकारमाथि अवरोध: स्वतन्त्र पत्रकार संघ मकवानपुरद्वारा कडा आपत्ति

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडामा सडक विस्तार समाचार संकलनमा संलग्न पत्रकारमाथि अवरोध: स्वतन्त्र पत्रकार संघ मकवानपुरद्वारा कडा आपत्ति

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडामा सडक विस्तार समाचार संकलनमा संलग्न पत्रकारमाथि अवरोध: स्वतन्त्र पत्रकार संघ मकवानपुरद्वारा कडा आपत्ति

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

हेटौंडामा सडक विस्तार समाचार संकलनमा संलग्न पत्रकारमाथि अवरोध: स्वतन्त्र पत्रकार संघ मकवानपुरद्वारा कडा आपत्ति

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडामा सडक विस्तार समाचार संकलनमा संलग्न पत्रकारमाथि अवरोध: स्वतन्त्र पत्रकार संघ मकवानपुरद्वारा कडा आपत्ति

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.