हेटौँडा सडक विस्तार विवादः ‘हाम्रो आवाज दबाइयो’ भन्ने आरोप अस्वीकार गर्दै पत्रकार भण्डारीको स्पष्टीकरण

हेटौँडा, मंसिर २२ गते । हेटौँडा बजार क्षेत्रमा जारी सडक विस्तारको विवादसँगै प्रभावित घरधनीहरूबाट ‘आफ्नो आवाज सञ्चारमाध्यमले प्रसारण गरेन’ भन्ने गुनासो बढिरहेका बेला इन्फो नेपालका पत्रकार वसन्त भण्डारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका छन्।

भण्डारीका अनुसार सडक विस्तारको सूचना सार्वजनिक भएको पहिलो दिनदेखि नै आफूले सबै घरधनीहरूको आवाज सुनेर प्रसारण गरेको र कुनै पनि पक्षलाई छायामा पार्ने उदेश्य कहिल्यै नरहेको स्पष्ट गरेका छन्। उनले भने, “बोल्न चाहने सबैलाई सुनेँ, संचारमाध्यममा प्रकाशन गरेँ। प्रशासनले दिएको सूचना नागरिकसम्म पुर्‍याउनु पत्रकारको दायित्व हो, पक्षपात होइन। प्रभावितको पीडा, आक्रोस, मुवाब्जा नपाएको गुनासो—सबै जस्ताको तस्तै प्रस्तुत गर्दै आएको छु।”

भण्डारीले आन्दोलनका दृश्य, भेला, तथा सडक विस्तारका कार्यहरू प्रत्येक दिन फिल्डबाट लाइभ गरेर देखाइरहेको दाबी गर्दै पनि केही व्यक्तिहरूले अनावश्यक आरोप र व्यक्तिगत आक्रमण गर्न थालेको भन्दै खेद व्यक्त गरेका छन्। उनी भन्छन्, “तपाईंहरूको आवाज दबाएको छैन, बरु निरन्तर उठाइरहेकै छु। यति हुँदाहुँदै पनि रिपोर्टिङका बेला दुईपटक मेरो काम रोक्ने प्रयास भयो, जुन सम्पूर्ण पत्रकारितामाथि आक्रमणजस्तै हो।”

भण्डारीले आफूले प्रसारण गरिरहेको सामग्री प्रभावित नागरिककै पक्षमा केन्द्रित रहेको उल्लेख गर्दै व्यक्तिगत गालीगलौज वा आरोप लगाउने प्रवृत्ति बन्द गर्न आग्रह पनि गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.