हेटौडामा खैरो हेरोइनजस्तो लागूऔषधसहित एक जना युवक पक्राउ

हेटौँडा, मंसिर २४ गते । मकवानपुरमा प्रहरीले खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। गए राति करिब ११:४५ बजे विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएको टोलीले हेटौडा उपमहानगरपालिका– ९, सिर्जनाटोलबाट एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ऐलानी वडा नम्बर ४ बस्ने ३६ वर्षीय संजोग पौडेलको साथबाट खैरो हेरोइन जस्तो देखिने १ ग्राम ८० मिलिग्राम लागूऔषध फेला परेको थियो। बरामद गरिएको पदार्थसहित पौडेललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

उक्त घटनामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध कसुरमा म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.