राजकुमार तामाङ (देवराज लामा) पक्राउपछि अनुसन्धान नसकिँदासम्म श्रम संस्कृति पार्टी उपाध्यक्ष पदबाट निलम्बन

काठमाडौं, पुस २ गते । श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ, जो देवराज लामा नामले पनि चिनिन्छन्,लाई धेरै वर्षअघिको राजनीतिक गतिविधिसँग सम्बन्धित विषयमा अनुसन्धानका लागि प्रहरीले हिजो पौष १ गते नियन्त्रणमा लिएको छ।

पार्टी केन्द्रीय कार्य समिति काठमाडौँले यस विषयमा जानकारी दिँदै सरकारी अनुसन्धान प्रक्रियामा कुनै पनि किसिमको प्रभाव वा दबाब नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको अन्तिम टुङ्गो नलागुन्जेलसम्म उनलाई पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको जनाएको छ।

केन्द्रीय अध्यक्ष हर्कराज हर्क साम्पाङद्वारा जारी सूचनामा अनुसन्धानलाई निष्पक्ष र स्वतन्त्र रूपमा अगाडि बढ्न दिन पार्टीले यस्तो निर्णय लिएको उल्लेख गरिएको छ। पार्टीले यस घटनासम्बन्धी थप जानकारी अनुसन्धानको प्रगति अनुसार सार्वजनिक गरिने पनि जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.