मनहरी, पुस २ गते । मनहरी–२ घट्टेपाखा निवासी बुद्धिबहादुर रुम्बाको असमयिक निधन भएको छ। उनको जन्म २०१४ साल कार्तिक ९ गते भएको थियो भने २०८२ साल मङ्सिर २३ गते उनको निधन भएको हो। उनी नेकपा माओवादीका केन्द्रीय प्रतिनिधि सदस्य गुण सी, मुना रुम्बा, रणबहादुर रुम्बा तथा अक्कल बहादुर रुम्बाका बुवा थिए।

बुद्धिबहादुर रुम्बाको निधनको खबरले परिवारजन मात्र होइन, पार्टी पंक्ति समेत गहिरो रूपमा दुखित र स्तब्ध भएको छ। यस दुखद घडीमा नेपाल कम्युनिस्ट पार्टी माओवादी जिल्ला समिति मकवानपुरले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
पार्टीले स्वर्गीय रुम्बाको आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई यो अपार दुःख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 318














