काठमाडौँ, पुस ४ गते । निरन्तर उकालो लाग्दै आएको सुन–चाँदीको मूल्यमा आज ब्रेक लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा झरेको छ। हिजो सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी तोलामा ७५ रुपैयाँले घट्दै ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीले हालसम्मकै उच्च मूल्य छोएको थियो, जुन तोलाको ४ हजार ८० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आन्तरिक माग–आपूर्तिको अवस्थाले बहुमूल्य धातुको मूल्यमा यस्तो परिवर्तन आएको व्यवसायीहरू बताउँछन्। आगामी दिनमा बजारको दिशा कता मोडिन्छ भन्ने चासो बढेको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 151














