हेटौंडा,पुस ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को प्रथम वडा अधिवेशन भोलि पौष १२ गते हुने भएको छ। अधिवेशनमा पार्टीका पूर्व माननीय तथा केन्द्रीय सचिवालय सदस्य हरि ढकालको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ।

बिहान ११ बजे सुरु हुने अधिवेशन हेटौंडा–८ स्थित एम ग्यालरी पार्टी भेन्यू, कालिका मन्दिर तल आयोजना गरिनेछ। वडा तहमा संगठन सुदृढीकरण, नेतृत्व चयन तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यले अधिवेशन आयोजना गरिएको बताइएको छ।
आयोजक समितिले पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय बासिन्दालाई कार्यक्रममा उपस्थित भई अधिवेशनलाई सफल बनाउन हार्दिक अपिल गरेको छ। अधिवेशनले स्थानीय तहमा रास्वपाको संगठनात्मक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 130














