२०८२ पुष ११, शुक्रबार २२:०९
२०८२ पुष ११, शुक्रबार २२:०९
काठमाडौँ, पुस ११ गते । जेन जि विद्रोहले उठाएका राजनीतिक तथा सामाजिक माग अझै सम्बोधन नभएको भन्दै जेन जि मुभमेन्ट नेपालले वर्तमान निर्वाचन प्रक्रिया देश र जनताको हित विपरीत हुने चेतावनी दिएको छ। मुभमेन्टका अनुसार समस्याको मूलकारण नछोइ जबरजस्ती चुनावतर्फ अघि बढ्नु सामाजिक द्वन्द्वलाई गहिर्याउने र गृह युद्धको जोखिम निम्त्याउने कदम हो। आज जारी प्रेस वक्तव्यमा, २०८२ भाद्र २३–२४ गते नवोदित पुस्ताले गरेको जेन जि विद्रोहलाई मुभमेन्टले “गहिरो राजनीतिक जागरण”को रूपमा व्याख्या गर्दै, त्यसबाट उठेका माग र चेतनालाई संविधानमै समावेश नगरेसम्म संघर्ष जारी रहने स्पष्ट पारेको छ। प्रवक्ता विजय शाहले वर्तमान सरकारले नैतिक र राजनीतिक वैधता गुमाइसकेको उल्लेख गर्दै तत्काल…