गठबन्धन अपवित्र र स्वार्थले भरिएको शब्द हो: श्रम संस्कृति पार्टीका नेता सुन्दर लामा

हेटौंडा,पुस ११ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले वर्तमान राजनीतिक गठबन्धनलाई कडा शब्दमा आलोचना गरेका छन्। उनले गठबन्धन भन्ने शब्दलाई नै “अपवित्र र स्वार्थले भरिएको राजनीतिक नाम”को संज्ञा दिएका छन्।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटसमा लामा लेख्छन्, “वास्तवमा गठबन्धन भन्नु ठगहरू मिलेर देश लुट्ने सहमति हो। तिमी पनि काले, म पनि काले—मिलेर भाले खाऔँ भन्ने प्रवृत्तिको परिणाम आज देशले भोगिरहेको अवस्था हो।”

उनले विगतका राजनीतिक घटनाबाट पाठ सिक्न नेपाली जनतालाई आग्रह गर्दै यही कारणले देश आज संकटपूर्ण अवस्थामा पुगेको दाबी गरेका छन्। अब देश लुट्ने ठग र भ्रष्टाचारीलाई राम्रोसँग चिन्ने समय आएको भन्दै उनले आगामी निर्वाचनमा वैकल्पिक राजनीतिक धारलाई साथ दिनुपर्ने बताएका छन्।

लामाले ‘अर्गानिक हर्क बादको रिभोल्युसन’लाई देशव्यापी समर्थन गर्न आह्वान गर्दै श्रम संस्कृति पार्टीको माटो चिन्हमा मतदान गरी “माटोलाई बचाऔँ” भन्ने सन्देशसमेत दिएका छन्।

उनको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा समर्थकहरूले वैकल्पिक राजनीति र श्रम संस्कृतिको पक्षमा आएको सशक्त आवाजका रूपमा टिप्पणी गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गठबन्धन अपवित्र र स्वार्थले भरिएको शब्द हो: श्रम संस्कृति पार्टीका नेता सुन्दर लामा

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

गठबन्धन अपवित्र र स्वार्थले भरिएको शब्द हो: श्रम संस्कृति पार्टीका नेता सुन्दर लामा

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

गठबन्धन अपवित्र र स्वार्थले भरिएको शब्द हो: श्रम संस्कृति पार्टीका नेता सुन्दर लामा

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

गठबन्धन अपवित्र र स्वार्थले भरिएको शब्द हो: श्रम संस्कृति पार्टीका नेता सुन्दर लामा

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

गठबन्धन अपवित्र र स्वार्थले भरिएको शब्द हो: श्रम संस्कृति पार्टीका नेता सुन्दर लामा

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

गठबन्धन अपवित्र र स्वार्थले भरिएको शब्द हो: श्रम संस्कृति पार्टीका नेता सुन्दर लामा

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.